Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक निर्माणकालागि सिलान्यास
    राष्ट्रिय

    कनकाईमा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक निर्माणकालागि सिलान्यास

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष २७, मंगलवार १२:२३ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक निर्माण हुने भएको छ ।

    पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसर पारेर मंगलबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले सालिक निर्माणकालागि निर्माणस्थलमा शिलान्यास गरेका छन् । नेपालका धेरै शहर अनि चोकहरुमा पृथ्वी नारायण शाहको सालिक निर्माण भइरहेको अवस्थामा लामो समयदेखि बन्द निषेधित नगरका रुपमा पहिचान बनाएको कनकाई नगरीमा समेत पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभुतिका रुपमा सम्झँदै एकताका साथ अघि बढ्नुपर्छ भन्ने सन्देश दिने उद्येश्यले सालिक निर्माण गर्न लागिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए ।

    बैद्धिक विधिअनुसार वेदका मन्त्रोचारण गर्दै धार्मिक गुरु स्थानीय गुरुप्रसाद तिम्सिनाको सहयोगमा कनकाई नगरप्रमुख पोखरेलसहित नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, वडाअध्यक्षहरु रोशन पोखरेल, नगर प्रवक्ता समेत रहेका गोविन्द पौडेल, कृष्ण राईसहित कार्यपालिका सदस्यहरु, वडासदस्यहरु विभिन्न राजनीतिक दल साथै संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारी, जग्गादातासहितको उपस्थितीमा सालिक निर्माणकालागि सिलान्यास भएको हो ।

    लोकमार्गबाट कनकाई नगरपालिकाको कार्यालय जाने नगरपालिका मार्गमा प्रवेश भएसँगै पृथ्वीनारायण शाहको सालिक हुँदै कार्यालय जान सक्ने गरीको स्थलमा सालिक निर्माण हुन लागेको कनकाई नगरपालिकाका प्रमुख पोखरेलले बताए । पृथ्वीजयन्तीको अवसरमा सिलान्यास गरिएको सालिक आउँदो फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर स्थापना गरिने नगर प्रमुख पोखरेलले जानकारी दिए । करिव ८ फुटको चौडाइमा स्थापना हुने सालिक निर्माणकालागि १० देखी १२ लाख सम्मको खर्च अनुमान गरिएको बताइएको छ ।

    स्थानीय तह कनकाई नगरपालिकाको जिम्मेवारी सम्हाल्न आएका जनप्रतिनिधिहरुले कनकाईमा यस अघि महामानव वि.पी. कोइरालाको पूर्ण कदको सालिक कनकाईको वडा नं.—५ मा निर्माण गरिसकेको बताइएको छ ।

    नेपालमात्र नभई दक्षिण एसियासम्म नै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिकका रुपमा मानिएका पृथ्वी नारायण शाहको सम्मान स्वरुपं हरेक बर्ष पौष २७ गते विविध कार्यक्रम संचालन हुँदै आएका छन् ।
    यो दिनमा केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँइदै राष्ट्रिय एकता दिवस मनाउँने गरिएको कनकाई नगरपालिकाका प्रमुख पोखरेल बताउँछन् ।

    विक्रम सम्वत् १७७९ को पौष २७ मा पिता नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.