Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पृथ्वी जयन्तीको उपलक्ष्यमा पूर्वराजाबाट शुभकामना सन्देश !
    राजनीति

    पृथ्वी जयन्तीको उपलक्ष्यमा पूर्वराजाबाट शुभकामना सन्देश !

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष २७, मंगलवार ०२:०३ गते2 Mins Read

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रबाट नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको उपलक्ष्यमा शुभकामना सन्देश सार्वजनिक गरिएको छ । 

    सन्देशमा नेपालको बर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपाली जनताबीच एकता आजको  आवश्यकता औल्याइएको छ । सन्देशको पूर्ण अंश यस प्रकार छ – ‘श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको पुनित अवसरमा समस्त देशभक्त एवं राष्ट्रप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दछौं ।

    हामी सगर्व भन्ने गर्दछौं – हाम्रो राष्ट्र नेपाल – हामी नेपाली । मन र मगजले स्वाभिमानका साथ भन्दछ – स्वतन्त्र, सार्वभौम र गौरवशाली नेपाली। हामीलाई यस्तो वैभव प्रदान गर्ने हाम्रा अमर तथा ऐतिहासिक धरोहर श्री ५ वडामहाराजाधिराजको राष्ट्रभक्ति, साहश र नेपाली आट –आकांक्षाबाट नै यो सुन्दर फुलबारी नेपाल राष्ट्रको सिंगो स्वरुप खडा भएको हो।

    राष्ट्रियताका आधारहरु माथी प्रहार भई देशको अस्तित्व समेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व र वडामहाराजाधिराजका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महशुस हामीले गरेका छौं । राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको सम्वेदनशिलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौं । देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्।

    राष्ट्रको कीर्ति र जनताको सुखी बाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन सक्दैन । जन इच्छा र प्रगतिसंग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसूकै चयन गरियून, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ । प्रणाली केवल साधन हुन् । साधन परिवर्तनलाई नै महान उपलब्धीका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन् । सबै भन्दा उन्नत दावि गरिएको तन्त्रमा जनताले सास्ति र राष्ट्रले अस्तित्व प्रतिनै चिन्ता गर्नु पर्ने परिस्थिति बन्द छ, भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय वरवाद गर्न नहुने निश्कर्षमा पुग्न विलम्व गरिनु हुँदैन ।

    हाम्रो भूगोल, माटो र पन – आफ्नै धर्म संस्कृति एवं गतिविधि नै हामीलाई प्यारो र राम्रो लाग्छ । आफ्नो गौरवमय अस्तित्वलाई जोगाइ राख्न हिमाल, पहाड र तराइका सबै हामी एक बनौं। हाम्रो राष्ट्रियता सुदृढ राखौं अनि समग्र राष्ट्रलाई सिंगारौं भन्ने हाम्रो आजको आकांक्षा र आवश्यकता हो । जय नेपाल । २०७८ पुस २७ गते’ 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.