Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » यस पटक पनि नलाग्ने भो माइमेला
    समाचार

    यस पटक पनि नलाग्ने भो माइमेला

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष २६, सोमबार १३:३१ गते2 Mins Read

    कनकाई खबर \ झापाको पवित्र नदि कनकाई माइको आसपासमा परम्परागत रुपमा लाग्दै आएको धार्मिक तथा रमाइलो माइमेला यस पटक नलाग्ने भएको छ ।


    कोभिड १९ को संक्रमणदरलाई मध्यनजर गर्दै माइमेला नलगाउँने निर्णय भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुख साथै प्रतिनिधिहरु तथा प्रहरी प्रमुखहरु सहित कनकाई नगरपालिकाको कार्यालयमा सोमबार भएको बैठकबाट माइमेला नलगाउँने निर्णय भएको बताइएको छ । यसअघि पुस २८ गतेदेखि माघ २ गतेसम्म कनकाई माइको दुबै किनारामा मेला लगाउनका लागि ठेक्का समेत लगाइएको थियो । मेला संचालनकालागि सम्बन्धित पालिकाहरुले ठेक्का आह्वान गरे अनुसार पर्न आएका बोल पत्र तथा दरभाउ पत्रहरु रद्ध गरी सम्बन्धित व्यक्ति तथा फर्महरुले दर भाउ पत्रका साथ पेश गरेको धरौटी रकम समेत फिर्ता दिने निर्णय भएको बताइएको छ ।


    कनकाई माइको पश्चिमी किनारमा शिवसताक्षी नगरपालिकाले साथै पुर्वी किनारमा कनकाई नगरपालिकाले ठेक्का लगाएर व्यवस्थित माइमेला संचालन गर्दै आएका थिए । माइमेला भर्न र मकर स्नान गर्न नेपालका विभिन्न स्थान साथै भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजनहरु आउने गरेका थिए ।


    नेपाल सरकारको सिसिएमसीको बैठकको निर्णयपछि दुवै पालिकाले मेलाका ठेकेदारहरुको रकम फिर्ता दिने निर्णय गरिएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए । बैठकमा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख सन्तोष आचार्य, कनकाई नगरपालिकाका प्रवक्ता एवम् वडा नं.—४का वडाअध्यक्ष गोविन्द पौडेल, कनकाई—१का वडाअध्यक्ष रोषनराज पोखरेल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बा लगायतको उपस्थिती रहेको कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.