Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रजातन्त्र दिवसको अवसरमा कनकाईमा विविध साँस्कृतिक कार्यक्रम
    कनकाई खबर बिशेष

    प्रजातन्त्र दिवसको अवसरमा कनकाईमा विविध साँस्कृतिक कार्यक्रम

    ramBy ram२०७५ फाल्गुन ७, मंगलवार १६:२२ गते3 Mins Read

     कनकाई खबर डेक्स /कनकाई नगरपालिकाले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।कनकाई मावि सुरुङ्गाको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विभिन्न जातजातीहरुको आ आफ्नै भेषभुषामा सजिएका सांस्कृतिक झाँकीहरुको प्रस्तुती रहेको थियो ।

      कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्व एवम् झापा क्षेत्र नं.४ का प्रतिनिधी सभा सदस्य एल.पी.साँवा लिम्वूको प्रमुख आतिथ्य एवम् प्रदेश सभा सदस्य हीराकुमार थापाको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा नगर उपप्रमुख मन्जु प्रसाईँले स्वागत गरेकी थिइन् । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथीका रुपमा रहेका प्रतिनिधी सभा सदस्य साँवाले नेपाली जनताले लामो समय सम्म संघर्ष गरेर प्राप्त गरेको प्रजातन्त्रको ६९ वर्ष पुरा भएको यो अवसरमा सम्पूर्ण जातजाती, वर्ग समुदायका नेपाली जनतालाई शुभकामना दिएका छन् ।

      देश र जनताको हितका लागि आफ्नो ज्यानको वाजी थापेर प्रजातन्त्रको स्थापनाका लागि अघि बढेका नेपाली जनताहरुले स्वतन्त्रता प्राप्त गरेको यति लामो समय विति सक्दा पनि यो विचमा धेरै उतारचडावहरु आएकाले निर्वाचित जनप्रतिनिधीहरुलाई अहिले पनि काम गर्ने वातावरण सहज नभएको प्रतिनिधी सभा सदस्य साँवाले प्रष्ट पारेका छन् । प्रजातान्त्रीक आन्दोलनलाई संस्थागत गरेर अघि बढ्नु पर्ने दायित्व अहिले पनि नेपाली जनतालाई त्यतिक्कै खड्कीएको छ भन्ने कुराको जानकारी गराउँदै साँवाले वर्तमान सरकार अहिले पनि चारैतिरवाट घेरावन्दीमा परेकाले यसको सामना गर्न हामी सवै तयार हुनु पर्नेमा उनको जोड थियो ।

      कहिले अनसनका नाममा त कहिले गीतका विषयमा सामाजिक संजालहरुमा आएका कुराहरुले वर्तमान सरकारले प्राप्त गरेको उपलव्धीहरुलाई संस्थागत गर्न नदिने सडयन्त्र भइरहेकाले मुलुकको समृद्धि तर्फ नेपाली जनता एकजुट भएर लाग्नु पर्ने आजको आवश्यक्ता भएको कुरामा साँवाले जोड दिएका छन् । कार्यक्रममा प्रदेश सभा सदस्य हीराकुमार थापाले देश र जनताका लागि आफ्नो ज्यानको आहुती दिने सहिदहरुको सपना साकार पार्नका लागि अव भाषणमा भन्दा पनि सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा लाग्नु पर्ने तर्फ जोड दिएका छन् ।  कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याएर वैज्ञानीक कृषि प्रणालीमा सरकारले नयाँ योजनालाई अघि बढाएको जानकारी गराउँदै प्रदेश सभा सदस्य थापाले मुलुकको समृद्धिका लागि रचनात्मक वाटोमा लाग्न सवै पक्षलाई अनुरोध गरेका छन् ।

    कार्यक्रममा कनकाई नगरमा रहेका सवै सामुदायिक एवम् निजी विद्यालयका विद्यार्थीहरुले विभिन्न जातीयताको बेग्लाबेग्लै पहिरनमा नृत्य प्रस्तुत गरेका थिए । यसरी नृत्य प्रस्तुत गर्ने विद्यालयहरुमा बेनुवाजा अंग्रेजी विद्यालयले मारुनी नृत्य, जानकी आधारभूत विद्यालयले राई जातीको चण्डी नृत्य, देवकोटा एजुकेशन फाउण्डेशनले तामाङ् नृत्य, सरस्वती माविले मगर जातीको कौडा नृत्य, नवयुग शिक्षा निकेतनले सन्थाल नृत्य, सिंहदेवी आधारभूत विद्यालयले माझी नृत्य, चम्पापुर माविले थारु जातीको लाठी नृत्य, भगवती आ.वि.ले नेवारी नृत्य, जनचेतना आ.वि.ले कुमाल जातीको सोरठी नृत्य, हिमाली आ.वि.ले लिम्बू जातीको केलाङ् नृत्य, कनकाई माविले गुरुङ् जातीको झोडा नृत्य त्यस्तै प्यारागन एकाडेमी, पशुपति अंग्रेजी मावि लगायतका शैक्षिक संस्थाहरुले जातीय परम्परा अनुसारको पहिरनमा नृत्य देखाएका थिए ।

      त्यस्तै भुजेल जातीको नृत्य, राजवंशी, नेवार,तामाङ्, किराँत राई यायोख्खा, आर्य समुदायको खैंजडी नृत्य लगायत नगर भित्र रहेका सवै जातजातीहरुको संस्कृति झल्कनेगरीको प्रस्तुतीका साथ प्रजातन्त्र दिवस मनाइएको कार्यक्रम संयोजक कनकाई नगरपालिकाका कार्यपालिका सदस्य नवलकिशोर दत्तले वताएका छन् । कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद वराल, सवै वडाका वडाअध्यक्षहरु, कार्यपालिका र परिषद सदस्यहरु, स्थानीय स्तरमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रममा आदिवासी जनजाती महासंघ कनकाई नगरका अध्यक्ष धर्मराज राजवंशी, नेपाली कांग्रेसका प्रतिनिधी गंगाराम दहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.