Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सामाजिक योगदानमा रोटरी क्लव अफ सुरुङ्गा ः साधुटारमा सिरक वितरण
    समाचार

    सामाजिक योगदानमा रोटरी क्लव अफ सुरुङ्गा ः साधुटारमा सिरक वितरण

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष २४, शनिबार ०३:५३ गते3 Mins Read

    कनकाई खबर \ रोटरी क्लव अफ सुरुङ्गाले हाल बढ्दै गएको चिसो मौसमलाई लक्षित गरेर अर्जुनधारा–१ स्थित शंकराचार्य पीठ साधुटारमा २५ थान सिरकसहित ३५ हजार बराबरको विविध सामाग्री वितरण गरेको छ ।

    अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाले आफ्नो वार्षिक कार्यक्रम अनुसार नै जाडोको मौसमलाई लक्षित गरेर न्यानो कपडा वितरण गरेको हो । क्लवकै तर्फबाट विभिन्न विद्यालयमा अध्ययनरत विपन्न वर्ग र समुदायका करिव दुईसय विद्यार्थीलाई सुइटर वितरणको कार्यक्रम समेत रहेको क्लवका अध्यक्ष सुशील कुमार श्रेष्ठले बताएका छन् । क्लवले यस अघि शिक्षा, स्वास्थ्य, खानेपानी,सामाजिक विकास, वातावरणका क्षेत्रमा समेत उल्लेखनीय गतिविधि संचालन गर्दै आएको बताइएको छ ।

    क्लवका अध्यक्ष श्रेष्ठको सभापतित्व एवम् शंकराचार्य पीठका व्यासाचार्य पं.लक्ष्मीप्रसाद खतिवडाको प्रमुख आतिथ्य रहेको एक संक्षिप्त कार्यक्रमका विच क्लवका संस्थापक अध्यक्ष एल.पी. उप्रेती, पूर्व अध्यक्ष कुमारमणि पोखरेल, प्रेसिडेन्ट इलेक्ट खेम प्रसाईसहित पदाधिकारीहरुको उपस्थितीमा सामाग्री वितरण गरिएको हो ।

    शंकराचार्य पीठ परिसरमा आयोजित कार्यक्रममा क्लवकका तर्फबाट व्यवस्थापन गरिएको सामाग्री व्यासाचार्य पं.लक्ष्मीप्रसाद खतिवडा,आचार्य शान्तीराम नेपाललाई हस्तान्तरण गरिएको हो । जाडो लक्षित सामाग्री ग्रहण गर्दै व्यासाचार्य पं.खतिवडाले सामाजिक सेवामा समर्पित रोटरी क्लवले गरेको सहयोग शंकराचार्य पीठकालागि अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् । दाताहरुकै सहयोगले शंकराचार्य पीठ साधुटारको पहिचान स्थापित भएको बताउँदै व्यासाचार्य पं.खतिवडाले पिठको वर्तमान अवस्था र भावी योजनाका बारेमा जानकारी गराएका थिए । व्यासाचार्य पं.खतिवडाले रोटरी क्लव अफ सुरुङ्गाले गरेको सहयोगप्रति संस्थाको तर्फबाट आभार प्रकट गर्दै निस्वार्थ ढङ्गले सामाजिक क्षेत्रमा क्रियाशिल रोटरीसँग निरन्तर सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् ।


    क्लवकी सचिव सरला दाहाल पोखरेलले संचालन गरेको औपचारिक कार्यक्रमकै अवसरमा क्लवका संस्थापक अध्यक्ष एल.पी. उप्रेती र यदुका उप्रेती(उषा) ले शंकराचार्य पीठ साधुटारको नामाकरण भएको डिजिटल बोर्ड निर्माणकालागि ६० हजार रुपैंया सहयोगस्वरुप संस्थालाई दिने घोषणा गरेका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै आएको शंकराचार्य पीठ साधुटारको विकास एवम् विस्तारमा आगामी दिनमा समेत थप सहयोग गर्दै जाने प्रतिवद्धता जनाउँदै क्लवका संस्थापक अध्यक्ष उप्रेतीले रोटरी क्लव भनेको सामाजिक सेवाका लागि मात्रै नभएर व्यक्तित्व तथा चौतर्फी विकासमा विशेष महत्वका साथ अघि बढ्ने सामाजिक संस्था भएको प्रष्ट पारेका छन् ।


    रोटरीले आफ्ना सात वटा फोकस क्षेत्रहरु शान्ति तथा द्वन्द ब्यवस्थापन, रोग नियन्त्रण तथा उपचार, खानेपानी तथा सरसफाई, मातृशिशुु तथा स्वास्थ्य, प्राथमिक शिक्षा तथा साक्षरता, आर्थिक ,सामाजिक विकास तथा वातावरणमा सहयोग गर्दै आएको बताइएको छ । विस्तृत साथै व्यापक कार्य क्षेत्र भएको रोटरीले विश्वमै पोलियो उन्मुलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सुरुङ्गा रोटरीका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले बताएका छन् ।


    आफ्नो क्षेत्रमा निजी खर्चबाट सेवा प्रवाह गर्दै आएका रोटरियनहरुले क्षमता अनुसार आर्थिक संकलनमा सहभागी भई रोटरीको सिद्धान्तभित्र औपचारिक साथै पारिवारीक भेटघाटका रमाइला कार्यक्रमहरु समेत संचालन गर्दै आएको पूर्व अध्यक्ष पोखरेलले बताए ।


    युवाहरुको लागि लिडरशिपको प्रेरणा दिने रोटरी क्लवमा क्रियाशिल रोटरीयनहरु आफैमा फरक क्षेत्रका लिडर रहेका हुन्छन् । त्यसैले ‘लिडर अफ दि लिडर’ का रुपमा रहेका रोटरीयनहरुले समाजमा नैतिकतासँगै व्यवहारिक कुराहरु समेत सिकाउँने गरेको बताइएको छ । आज भन्दा चार वर्ष अघि मात्र झापाको कनकाई नगर क्षेत्रमा क्रियाशिल सामाजिक अभियन्ताहरुको सहभागितामा स्थापना भएको रोटरी क्लव अफ सुरुङ्गा छोटो समयमा समाजको नेतृत्वदायी संस्थाको रुपमा स्थापित भएको स्थानीयवासी बताउँछन् । रोटरी क्लव अफ सुरुङ्गाको स्थापनादेखी हाल सम्ममा स्थानीय सामाजिक अभियन्ताहरु लक्ष्मीप्रसाद (एल.पी) उप्रेती, कुमारमणि पोखरेल, टिकाप्रसाद जमरकट्टेलले नेतृत्व सम्हालीसकेका छन् भने वर्तमान अवस्थामा सुशिलकुमार श्रेष्ठको नेतृत्वमा क्लवले गतिविधि गरिरहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.