Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई कप भलिबल प्रतियोगिताको उपाधि दमकलाई
    खेलकुद

    कनकाई कप भलिबल प्रतियोगिताको उपाधि दमकलाई

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष २१, बुधबार १५:३७ गते2 Mins Read

    कनकाई खबर / कनकाई कप भलिबल प्रतियोगिताको उपाधि झापाको दमकले जितेको छ । बुधबार झापाको सुरुङ्गामा सम्पन्न खेलमा उपाधि दाबेदार झापा गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो ।

    दमकले झापामाथि २५–१६, २२–२५, २५–१९ र २५–२३ को जित निकाल्दै उपाधि हात पारेको हो । पहिलो सेटमा २५–१६ को जित हात पार्दै खेलमा अग्रता लिएको दमकले दोश्रो सेटमा रबिन गौतमले उत्कृष्ट प्रदर्शन गरेपछि खेल झापाले २५–२२ ले गुमाएको थियो । तर, तेश्रो सेटमा धन बहादुर भट्ट, ज्योति प्रकाश लावती र हरिबहादुर अधिकारीले उत्कृष्ट प्रदर्शन गरेपछि दमकले २५–१९ को जित निकाल्दै खेलमा २–१ को अग्रता लियो ।

    त्यसपछि चौथो सेटमा पनि दमकले उत्कृष्ट प्रदर्शन गरेपछि २५–२३ को जित निकाल्दै उपाधि जितेको थियो । फाईनल खेलको म्यान अफ द म्याच दमकका धन बहादुर भट्ट भए । जितसँगै दमकले नगद एक लाख एक हजार एक सय एघार हात पार्यो भने उप–विजेता झापाले एकाउन्न हजार प्राप्त गर्यो ।

    त्यस्तैै प्रतियोगिताको बेष्ट डिफेन्सको उपाधि झापाका गणेश कट्वालले हात पारे भने बेष्ट कुइकर दमकका हरिबहादुर अधिकारीले पाए । बेष्ट सेटर दमककै हरिहजुर थापा भए भने बेष्ट ब्लकर झापाका रोहित शिवाकोटी भए । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको उपाधि दमकका धन बहादुर भट्टले हात पारे । उनले नगद दश हजार समेत प्रप्त गरे ।

    प्रतियोगिताको विजेता तथा उप–विजेताहरुलाई प्रमुख अतिथि प्रतिनिधि सभा सांसद एलपी साँवा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेल, सभाध्यक्ष तथा सुरुङ्गा जेसीज बर्ष २०२१ को अध्यक्ष उषा यदुका उप्रेति लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा प्रदेश १ का ६ पालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको आयोजना सुरुङ्गा जेसीजले गरेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.