Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » माओवादी केन्द्रका नेता कन्दङ्वाको श्रद्धाञ्जलीसहित अन्त्यष्टी
    समाचार

    माओवादी केन्द्रका नेता कन्दङ्वाको श्रद्धाञ्जलीसहित अन्त्यष्टी

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष २१, बुधबार ०३:११ गते2 Mins Read

    कनकाई खबर \ माओवादी केन्द्र कनकाईका पुर्व संयोजक तथा हालका जिल्ला सदस्य समेत रहेका चन्द्रमान कन्दङवाको पार्थीव शरीरलाई पार्टीका नेतासहित स्थानीयस्तरबाट श्रद्धाञ्जली व्यक्त गर्दै अन्त्यष्टी गरिएको छ ।


    मस्तिष्क घात भई अस्वस्थ बनेका कनकाई ७ दुर्गापुर निवासी ६७ वर्षीय कन्दङवाको उपचारका क्रममा सोमबार विहान भारतको सिलिगुडीस्थित सैनिक अस्पतालमा निधन भएको हो । कनकाई—४, कोटीहोमस्थित कनकाई सामुदायिक वन समूहको परिसरमा कन्दङवालाई जातिय परम्पराअनुसार अन्त्यष्टी गरिएको छ । श्रद्धाञ्जली सहितको अन्त्यष्टी कार्यमा स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ लगायत कनकाई नगरपालिकाका जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    त्यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सांसद झलकसिंह दर्लामी शन्देश, पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ बिजय, पार्टीका प्रदेश कमिटी सदस्य गोपाल प्रसाई, कनकाई नगर अध्यक्ष यामना सेडाई,उपाध्यक्ष रामकुमार थापा, सचिव विष्णु बिमली लगायातले पार्टीको झण्डा ओडाएका थिए । अन्त्यष्टी कार्यमा नेकपा एमाले कनकाई नगर कमिटीका अध्यक्ष खड्ग प्रसाईँ सहित पदाधिकारीहरु साथै पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । त्यस्तै माओवादी केन्द्र, नेपाली कांग्रेस लगायत स्थानीय स्तरमा क्रियाशिल सबै पार्टीका नेता तथा कार्यकर्ताहरु, उद्योगी, व्यवसायी, सामाजिक अभियन्ता लगायतक शुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको बताइएको छ ।


    स्वर्गीय चन्द्रमान कन्दङवाका श्रीमति चन्द्रकला, छोरावुहारी स्व. कुमार र कान्ती, दिपक र जानुका, भरत र बन्दना, प्रदिप र याक्सा, प्रकाश कन्दङवा साथै नातीनातिना रहेका छन् । जातीय परम्परा अनुसार स्व.कन्दङ्वाको यहि पुष २३ गते सुक्रबार निजी निवासमा शुद्धिशान्तीको कार्यक्रम रहेकोले सोही दिन उपस्थितीकालागि सम्बन्धित सबैमा परिवारजनका तर्फबाट निमन्त्रणा समेत गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.