Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘राजनीतिक दलहरुले सामाजिक एकता कायम गर्नु पर्छ’ ः नेता विश्वप्रकाश शर्मा
    राजनीति

    ‘राजनीतिक दलहरुले सामाजिक एकता कायम गर्नु पर्छ’ ः नेता विश्वप्रकाश शर्मा

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष २१, बुधबार ०२:४१ गते2 Mins Read

    कनकाई खबर \ देशको शासन संचालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउँन थप जिम्मेवार बन्नु पर्ने तर्फ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जोड दिएका छन् ।


    झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता स्वर्गीय तुर्सा हेमरमको २४ औं स्मृति दिवसको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस नेता शर्माले राजनीतिक दलहरुले सामाजिक एकता कायम गरेर अघि बढ्नु पर्ने तर्फ जोड दिए । मुलुकको समृद्धिकालागि पनि शासन व्यवस्था स्थिर हुनु पर्ने भन्दै नेता शर्माले विचार अलग भएपनि उद्येश्य एउटै बनाएर साझा सहमतिमा अघि बढ्न सकेमा कसैले निराश बन्नु नपर्ने धारणा राखेका थिए ।


    सबैकोे भावना एक बनाएर देशलाई समृद्धिको यात्रामा अघि बढाउँनु पर्ने तर्फ जोड दिँदै नेता शर्माले पिछडिएका समुदायलाई माथी उठाउने काममा सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने धारणा राखे । कार्यक्रमकै अवसरमा नेता शर्माले आफूले पनि सन्थाल समुदाय लगायत पछाडी परेका जातीलाई माथी उठाउने कार्यमा सधैं अग्रस्थानमा रहेर भूमिका खेल्ने समेत प्रतिवद्धता जनाएका छन् ।


    कनकाई नगरपालिका १ स्थित नगरपालिकाको कार्यालय नजिकै निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसरमा आयोजना गरिएको विविध साँस्कृतिक प्रस्तुती सहितको स्मृति सभामा स्व.नेता हेमरमको राजनीतिक योगदान र जीवनीका बारेमा चर्चा गरिएको थियो । विविध सन्थाल नृत्य साथै विभिन्न स्थानबाट आएका सन्थाल कलाकारहरुले सन्थाली गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय कलाकार खड्ग रायमाझी, सन्तोष रायमाझी र कुमार पालुङ्वाले प्रस्तुत गरेको गीतले सहभागीहरुलाई नचाएको थियो । त्यसैगरी सन्थाल युवाहरुबिच छेलो , दौड, लङजम्प र धनुष काँड प्रतियोगिता गराईएको थियो ।


    प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका महामन्त्री शर्माले साधा जीवन र उच्च विचार भएका तुर्सा हेमरमले बी.पी. को अत्यन्तै निकट रहेर प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । प्रतिष्ठानकी उपाध्यक्ष टिका मैनालीको स्वागत तथा सचिव कुमारमणि पोखरेलले संचालन गरेको कार्यक्रममा सन्थाल अगुवा बडाराम हेमरम, संविधानसभा सदस्य मोहन टुडु, नेपाली कांग्रेस झापा उपसभापित केशवराज पाण्डे, केन्द्रिय सदस्य शुशिला ढकाल, अग्रज नेता पूर्णनन्द शर्मा, पूर्व सासंद डिल्ली सिटौला, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    सन्थाल समुदायमा जन्मिएका हेमरमले बी.पी. र कांग्रेस नेता समाजवादी चिन्तक सि.के.प्रसाईको अत्यन्तै निकट रहेर राजनीति गरेको स्मरण गर्दै कार्यक्रममा सहभागी वक्ताहरुले स्व.हेमरम प्रजातन्त्रप्रति निष्ठावान नेताका रुपमा रहेको बताएका थिए । वि.सं. १९८० सालमा जन्मेका तुर्सा हेमरमको वि.सं २०५४ साल पुस २० गते निधन भएको थियो । झापाको शरणामतिमा हेमरमको स्थायी बसोबास रहेको थियो । प्रजातन्त्र सेनानी सम्मान समेत प्राप्त गरेका हेमरम सामान्य परिवारमा जन्मिएपनि राजनीतिक चेत, विचार र संगठन गर्ने कार्यमा अत्यन्तै सफल रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.