Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा माओवादी केन्द्रका नेताको निधन
    समाचार

    कनकाईमा माओवादी केन्द्रका नेताको निधन

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष १९, सोमबार १८:११ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई ७ दुर्गापुर बजार निवासी माओवादी केन्द्रका नेता चन्द्रमान कन्दङवाको निधन भएको छ ।


    माओवादी केन्द्र कनकाईका पूूूर्व संयोजक तथा हालका जिल्ला सदस्य समेत रहेका ६७ वर्षीय कन्दङवाको उपचारका क्रममा आज सोमबार विहान भारतको सिलिगुडीस्थित सैनिक अस्पतालमा निधन भएको मृतकका आफन्त कनकाई ७ का वडाअध्यक्ष समेत रहेका लिलावहादुर कन्दङ्वाले वताएका छन् ।


    भारतीय सैनिक सेवाको २८ वर्ष लामो सेवा पूरा गरी अनरी क्याप्टनको जिम्मेवारीबाट यस अघि नै सेवा निवृत्त भएका कन्दङवा चार दिन अघि सुक्रबार विहान मस्तिष्क घात भई अस्वस्थ भएका थिए । तत्काल विर्तामोडको विएण्डसी हस्पिटलमा भर्ना गरिएको भएपनि शनिवार बेलुका कन्दङ्वालाई दुर्गापुरस्थित निजी निवासमा ल्याइएको थियो । त्यसपछि पनि राती नै विएण्डसी लगिएका कन्दङ्वालाई थप उपचारकालागि भारतस्थित सैनिक अस्पताल लगिएको थियो ।

    कन्दङवाका श्रीमति चन्द्रकला, छोरावुहारी स्व. कुमार र कान्ती, दिपक र जानुका, भरत र बन्दना, प्रदिप र याक्सा, प्रकाश कन्दङवा रहेका छन् । विभिन्न सामाजिक संघसंस्थाहरुको नेतृत्व तहमा रहेर कार्य सम्पादन गरिसकेका कन्दङ्वा हाल दुर्गापुर सामुदायिक भवनका अध्यक्ष, भवानी खानेपानीका उपाध्यक्ष, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य, किराँत याक्थुङ चुम्लुङका कनकाई नगरका सल्लाहकार, भृकुटी माविका सल्लाहकार, नेपाल बहुउद्येश्यीय सहकारी संस्थाका दुर्गापुर कार्यालयगत समितिका सदस्य समेत रहेका कन्दङ्वाको निधनले सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ ।


    उपचारकै क्रममा रहेका कन्दङवाको आज भएको असामयिक निधनप्रति कनकाई खबर साप्ताहिक तथा अनलाइन परिवारले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्दै हार्दिक श्रद्धा सुमन अपर्ण गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.