Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई वनले दियो निशुल्क सिपमुलक स्वरोजगार तालिम
    समाचार

    कनकाई वनले दियो निशुल्क सिपमुलक स्वरोजगार तालिम

    ramBy ram२०७५ फाल्गुन ७, मंगलवार १६:१५ गते2 Mins Read


    कनकाई / कनकाई सामुदायिक वनले मंगलबार बाट निशुल्क सिपमुलक स्वरोजगार प्रशिक्षण सुरु गरेको छ ।कनकई सामुदायिक वनको आयोजना तथा द राइजिङ्ग व्रिटिस ल्याङ्गवेज एण्ड आइटी कलेज कनपा ३ र कनकाई उद्यमशिल महिला व्यवसायी उपसमिति कनपा ३ को सहयोगमा सिप सिकौ दक्ष वनौ , स्वरोजगार नारामा हैन व्यवहारमा उतारौं  भन्ने अभियानका साथ निशुल्क सिपमुलक स्वरोजगार मुखि कम्प्युटर तथा डिजाइनर सिलाई कटाई तालिम शुरु भएको हो ।

    देशमा वेरोजगार भएर युवा जमात बिदेश पलायन भईरहेको वेला कनकाई सामुदायिक वनले स्वदेशमै सीप सिकी देशको जनशक्ति देशमै रोजगार गरि बाच्न सकुन भन्ने धारणाले सिपमुलक तालिमको अवसर प्रदान गरेको वन समितिका अध्यक्ष एवम् उद्घाटन कार्यक्रमका सभापति ख्याम ओलिले वताएका छन ।

      तालिममा कनकाई सामुदायिक वन उपभोक्ता समूह भित्रका निम्न आर्थिक अवस्था भएका सदस्यलाई सहभागि गराउने र यस पटक कम्प्युटरमा ५१ जना र सिलाई कटाई डिजाइनरमा ३४ जना गरि ८५ जनालाई तालिम प्रदान गरिने र यो कार्यक्रमलाई निरन्तरता दिदै जाने पनि अध्यक्ष ओलिले जानकारी गराएका छन ।

       डिजाइनको तालिममा भने यसअघि नै सामान्य सिलाई कटाई तालिम लिई सकेकालाई समावेश गरि डिजाइन सम्बन्धि विशेष तालिम दिईने समुहको सचिव तथा कार्यक्रम सञ्चालक मान्ता खरेलले वताएकी छन ।

      कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईंले विरुवामा पानी हाल ेर कार्यक्रमको उद्घाटन गर्दै यस्ता कार्यक्रमले स्वरोजगारको क्षेत्रमा राज्यलाई समेत सहयोग पुग्ने भन्दै आयोजकलाई धन्यवाद दिदै प्रशिक्षार्थीलाई यहाँबाट पाएको सीपले दक्ष बनी अरुलाई पनि सिकाई स्वरोजगारी वनाउन आग्रह गरेकी छन ।

      सामुदायीक वनले प्रशिक्षार्थीलाई कम्प्युटर तालिम गर्नका लागि द राइजिङ्ग व्रिटिस ल्याङ्गवेज आइ।टि।कलेजमा मिलाएको छ भने डिजाइनर सिलाई कटाईको लागि कनकाई उद्यमशील महिला व्यवसायी उपसमिति संगको सहकार्यमा प्रशिक्षक रुपा शाहबाट प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।

       कार्यक्रममा विशेष अथिति भोला प्रसाद चौधरी , कुमारमणी पोखरेल , वालकृष्ण मैनाली , कविता वस्नेत , प्रेम प्रकाश चुडाल , पत्रकार तिर्थराज खरेल, कम्प्युटर प्रशिक्षक दिपक मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए भने वडा नं ३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरिया , ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेल समाजसेवी तथा संघसंस्थाका प्रमुखहरु देवि खरेल , शिव कडेल , टिकाराम भण्डारी सुदिप भण्डारी , धनमनया चिमरिया , कमल मैनाली , अर्जुन बोहरा , दिननाथ खतिवडा , रविन गुप्ता , विष्णु मैनाली , पुण्यप्रसाद शिवाकोटी , सीता पाठक , ईन्द्र बहादुर थापा ,रघुनाथ भट्टराई लगायतको आतिथ्य रहेको थियोे । कार्यक्रममा उपस्थित सवैलाई समुहका उपाध्यक्ष ललित बहादुर कार्कीले स्वागत गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.