Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्वस्थकर माछा मासु अब विर्तामोडको मिट माउण्टमा
    आर्थिक

    स्वस्थकर माछा मासु अब विर्तामोडको मिट माउण्टमा

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष १६, शुक्रबार ०१:४७ गते2 Mins Read

    कनकाई खबर \ झापाका चार महिलाले बिर्तामोड – ४ स्थित भद्रपुर रोडमा ‘मिट माउण्ट’ सञ्चालनमा ल्याएका छन् ।


    भाउजु मिट मार्ट प्रा.लि.द्वारा सञ्चालित ‘मिट माउण्ट’ मा उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यान दिँदै स्वस्थकर माछा मासु बिक्री गरिने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । मार्टको सञ्चालकमा पल्मु शेर्पा निरौला, रेखा कार्की रिजाल, देवीकुमारी ढकाल र हिमा दंगाल रहेका छन् । त्यस्तै प्रवन्ध निर्देशकमा विष्णु खरेल, अनुप निरौला, अभिचन्द्र रिजाल र राजेन्द्र अकौलिया रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
    एक करोडको लगानीमा सञ्चालनमा आएको मार्टमा २१ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताइएको छ । मार्टसहित फार्म गरेर करिव १० करोड लगानी रहेको सञ्चालकहरुले बताएका छन् । मार्टमा मासु खरिद गर्ने उपभोक्तालाई अन्य मासु पसल भन्दा सफा र ताजा साथै सस्तो मूल्यमा उपलब्ध गराउने बताइएको छ । अनौपचारिक रुपमा सञ्चालनमा आइसकेको मिट माउण्टको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले पुस १७ गते औपचारीक रुपमा उद्घााटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    बिर्तामोड बजार क्षेत्रमा ब्यवस्थित, सुरक्षित मासु बिक्री केन्द्रको आवश्यकतालाई ध्यानमा राखेर सफा, ताजा मासु बिक्रीमा ल्याइएको मार्टका प्रवन्ध निर्देशक विष्णु खरेलले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । आधुनिक प्रविधि र औजारको प्रयोग गरी स्वास्थ्य परिक्षण गरिएका शुद्ध मासु सुद्धिकरण गरी उपभोक्तालाई प्रदान गरिने कार्यक्रममा जानकारी दिइएको छ । नेपाल सरकारले तोकेका मापदण्ड अनुसारको मिट मार्ट सञ्चालन गरिने प्रबन्ध निर्देशक खरेलले बताए ।


    मार्टले महिला उद्यमी समुहले सञ्चालन गरेको इलामको देवभूमि बहुउद्देश्यीय कृषि फार्म र झापाको पूर्वी किरण कृषि फार्मसँगको सहकार्यमा प्रालि सञ्चालनमा ल्याएको हो । आफ्नै फार्म तथा अन्य उद्यमीहरुले उत्पादन गरेका गुणस्तरीय पशुपंछी तथा कृषि उत्पादनको सहज बिक्री वितरणका लागि मार्टको स्थापना गरिएको सञ्चालकहरुले बताएका छन् । मार्ट सञ्चालनका लागि ८०० बर्ग फिटमा पशुपंक्षी बधशाला र करिव १३०० बर्ग फिटलाई खण्डिकृत गरी बिभिन्न मासुहरुको बिक्री कक्षसहितको मिट मार्ट सञ्चालनमा आएको छ । मार्टमा खसी, बोका, भेडा, च्याङ्ग्रा, बँदेल, लोकल कुखुरा, बोइलर, टर्की, अष्ट्रिज, कालिज, हाँस, बट्टाई, लौकाट, कडकनाथ कुखुरा, कमन कार्प, माछा, लोकल कुखुराको अण्डा, बट्टाईको अण्डालगायतका माछामासु उपलब्ध हुने प्रवन्ध निर्देशक मध्येका अनुप निरौलाले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.