Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाको सुरुङ्गा क्षेत्रमा रहेका विभिन्न देवमन्दिरलाई कुर्सी वितरण(भिडियो सहित)
    समाचार

    झापाको सुरुङ्गा क्षेत्रमा रहेका विभिन्न देवमन्दिरलाई कुर्सी वितरण(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष १५, बिहीबार १५:५५ गते2 Mins Read

    कनकाई खबर / झापाको सुरुङ्गा क्षेत्रमा रहेका पाँचवटा विभिन्न देवमन्दिर र एउटा भजन मण्डलीलाई सुरुङ्गाका युवा सामाजिक अभियन्ता आशिस संग्रौला र दिपा ओलीले सहयोग स्वरुप ८० थान कुर्सी र एक थान एम्प्लीफायर हस्तान्तरण गर्नुभएको छ ।

    रोट्रयाक क्लव अफ सुरुङ्गाले होटल डिलाइटमा आयोजना गरेको एक संक्षिप्त कार्यक्रममा संग्रौला दम्पतीले सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको हो । क्लवका अध्यक्ष दिपेन ओलीको सभापतित्व एवम् रोटरी क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सुशिल श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्न देव मन्दिरका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ । कुर्सी प्राप्त गर्ने देवमन्दिरहरुमा सुरुङ्गा क्षेत्रका सिद्धेश्वर शिव पञ्चायन मन्दिर, रामजानकी , गोकर्णेश्वर शिवालय, दुर्गापाञ्चायन, शिवालय मन्दिर र लक्ष्मी किर्तन मण्डली रहेका छन् । किर्तन मण्डलीलाई भजन गर्न सहज होस् भनेर एउटा एम्प्ली फायर हस्तान्तरण गरेको बताइएको छ ।

    कनकाई ३ स्थित सुरुङ्गामा स्थायी बसोबास भएपनि बैदेशिक रोजगारीका सिलसिलामा विगत ७ वर्षदेखि अमेरीका बस्दै आउँनुभएका सामाजिक अभियन्ता आशिस र दिपाले धार्मिक मठमन्दिरमा कुर्सीको आवश्यक्तालाई महसुश गरेर आँफूहरुले कुर्सी सहयोग गरेको बताउँनुभएको छ ।

    गैरआवासीय नेपालीहरुको संस्था एन.आर.एन.ए.(यु एस ए) का बोर्ड अफ डाइरेक्टर साथै नेपाली रविन हुड्का अध्यक्ष समेत रहनुभएका आशिस र आरएन (युएसए) रबिन हुड्की सदस्य रहनुभएकी दिपाले यस अघि पनि विभिन्न सामुदायिक विद्यालयमा रहेका विद्यार्थीहरुलाई न्यानो कपडाका रुपमा सुइटर वितरण गरिसक्नु भएको छ । चाँडै कनकाई माईस्थित कोटीहोम क्षेत्रमा रहेको वृद्धाआश्रमका जेष्ठ मातापितालाई न्यानो कपडा वितरण गर्ने योजना रहेको संग्रौलाले बताउँनुभयो ।

    दाता संग्रौला दम्पतीले गरेको सहयोगप्रति खुशी व्यक्त गर्दै रोटरी क्लव अफ सुरुङ्गाका निवर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेल, कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओलीले शुभकामना व्यक्त गर्नुभयो । यसका साथै सामाग्री प्राप्त गर्ने मन्दिर तर्फका प्रमुख तथा प्रतिनिधिहरु निलकृष्ण सेड्याइँ, पूर्णलाल श्रेष्ठ, गोपीचन्द्र उप्रेती,मेनुका मैनाली लगायतले दाता परिवारको पवित्र कार्यको प्रशंसा गर्नुभएको थियो । रोट्रयाक क्लवकी सदस्य प्रतिक्षा ढुङ्गेलले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन रोट्रयाक क्लवकी सचिव सारिका गिरीले गर्नुभएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.