Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकाको १० औं नगर सभा सम्पन्न
    समाचार

    कनकाई नगरपालिकाको १० औं नगर सभा सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष १४, बुधबार १५:५० गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाको १० औं नगर सभा सम्पन्न भएको छ ।


    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले आफ्नो पाँच वर्षे कार्यकालको उत्तराद्र्धको नगर सभा भएकोले यो नगर सभा आँफैमा ऐतिहासिक भएको बताए ।

    निर्वाचनका बेला आँफूले गरेको प्रतिवद्धता यो पाँचवर्षे कार्यकालमा पूरा गर्न आफ्नो नेतृत्वमा रहेको टिमले धेरै ठूलो संघर्ष गरेको भन्दै कनकाई नगर प्रमुख पोखरेलले नगरका सम्पूर्ण जनप्रतिनिधिप्रति आभार प्रकट गरे । टिम मिल्दा काम गर्न पनि सहज हुने भन्दै नगर प्रमुख पोखरेलले स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाको जनप्रतिनिधिहरुको यति राम्रो टिम मिलाइदिने सम्पूर्ण नगरवासीहरुलाई समेत धन्यवाद ज्ञापन गरे ।जनप्रतिनिधिहरुले कनकाई नगरपालिकाको नेतृत्व सम्हाले यता नगर क्षेत्रमा सडक बाटो, बिजुलीबत्ती, पिउने पानी, कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार , युवा स्वरोजगार लगायतका क्षेत्रमा ठूलो प्रगति हुँदै आएको भन्दै नगर प्रमुख पोखरेलले अझै पनि गर्नु पर्ने काम धेरै बाँकी रहेको बताए ।

    निर्वाचनका समयमा गरेको प्रतिवद्धता मध्ये ऐलानी प्रति जग्गाको धनीपूर्जा वितरणका विषयमा समेत कनकाई नगरपालिकाले प्रयास गरिरहेको बताउँदै नगर प्रमुख पोखरेलले कुनै बाधा व्यवधान आएमा पनि नाप नक्सा सबै गरिसकेर जोतभोगको प्रमाणका आधारमा स्थानीय तहले दिन मिल्ने सम्मको जोतभोगको आधारमा दिइने प्रमाण पत्र वितरण गरेर विदा हुने बताए । अघिल्ला वर्षहरुमा बेरुजु शुन्य बनाएको कनकाई नगरपालिकाको गत वर्षमा १.६६ बेरुजु आएको भएपनि चालु वर्षमा बेरुजु शुन्य पार्ने गरी गतिविधि संचालन गर्न समेत नगर प्रमुख पोखरेलले सम्पूर्ण जनप्रतिनिधि साथै कर्मचारीहरुलाई अनुरोध गरेका छन् ।

    नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले नगरपालिकाको समग्र कारोबारको झलक प्रस्तुत गरेका थिए । स्थानीय तहमा विभिन्न कारणबाट बेरुजु देखिने अवस्थाका बारेमा प्रष्ट पार्दै कर्मचारी अधिकारीले हाल सम्मको कनकाई नगरपालिकाको बेरुजुको अवस्थाका बारेमा जानकारी गराएका थिए । अहिले सम्म देखा परेको बेरुजुलाई समपरीक्षणबाट हटाउँन आवश्यक कागजात पेश गर्ने सम्बन्धमा नगर सभाले निर्णय गरेको बताइएको छ ।

    कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले स्वागत गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मोहनप्रसाद न्यौपानेले सहजीकरण गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.