Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनबारी सामुदायिक वनको २६ औं साधारण सभामा उत्कृष्ट कर्मचारी सम्मानित
    पर्यटन

    जामुनबारी सामुदायिक वनको २६ औं साधारण सभामा उत्कृष्ट कर्मचारी सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष १४, बुधबार ०६:३२ गते3 Mins Read

    कनकाई खबर \ पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    झापाको कनकाई वडा नं. १ र २ लाई कार्यक्षेत्र बनाएर २०५२ मा जामुनबारी सामुदायिक वन स्थापना गरी २०५६ बाट जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका रुपमा संचालनमा आएको यस सामुदायिक वनले आफ्नो २६ औं साधारण सभाको अवसरमा उत्कृष्ट तीन कर्मचारीलाई सम्मानसहित अन्य चारजना कर्मचारीलाई ससम्मान बिदाई गरेको छ । सम्मानित हुने कर्मचारीहरुमा बन हेरालु तर्फका सीता चौधरी, चन्द्रध्वज माझी र गोविन्द बस्नेत रहेका छन् । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी सहित वन समूहका अध्यक्ष ख्यामराज सिटौलाले जनही तीनहजार पाँचसय नगदसहित सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेका थिए ।


    त्यस्तै लामो समयदेखि वन समूहको विभिन्न जिम्मेवारीमा रहेर कर्मचारीका रुपमा कार्यरत चारजना कर्मचारीलाई सामुदायिक वनको कर्मचारी कार्यविधि अनुसार उपदानसहित ससम्मान विदाई गरिएको संस्थाले जनाएको छ । यसरी विदाई हुने कर्मचारीहरुमा नृपसिंह कार्की, विष्णु गिरी, गंगा गिरी र कमल घिमिरे रहेका छन् । साधारण सभाकै अवसरमा संस्थाले वन क्षेत्रका दुईवटा सामुदायिक विद्यालयका तीनजना गरिव तथा जेहेन्दार विद्यार्थीलाई जनही नगद दुई हजारसहित छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति पाउँने विद्यार्थीहरुमा सरस्वती माविबाट कक्षा ८ मा अध्ययनरत छात्रा रेखा विष्ट र कक्षा ५ मा अध्ययनरत छात्र रोहन श्रेष्ठ रहेका छन् भने पञ्चकन्या प्राविको कक्षा तीनमा अध्ययनरत छात्रा सीमा कुमाल रहेका छन् ।

    वन समूहका अध्यक्ष ख्यामराज सिटौलाको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष सिटौलोले भावी योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिटौलाले कोरोना महामारीका कारण वन समूको पर्यापर्यटनमा प्रत्यक्ष असर परेको भएपनि आर्थिक वर्ष २०७७÷०७८ मा वन पैदावार विक्रि, समूहले संचालन गरेको विभिन्न पर्यापर्यटन क्षेत्र सम्बन्धि गतिविधि र अन्य विविध क्षेत्रबाट गरी रु.१ करोड ९२ हजार १ सय २५ आम्दानी गर्न संस्था सफल भएको बताइएको छ ।

    त्यस्तै सहयोग तथा अनुदान अन्तर्गत संघिय सरकारको स्वीकृत वार्षिक कार्यक्रमबाट हेल्थपार्क निर्माणकालागि रु.९लाख ५१ हजार९ सय ८९(कनकाई नगरपालिका मार्फत) र बम्पर कार स्टेसन निर्माणकालागि कनकाई नगरपालिकाबाट रु.१५ लाख ७ हजार ७ सय ८१ गरी जम्मा नगद अनुदान रु.२४ लाख ५९ हजार ७ सय ७० वन समूहमा प्राप्त भई समूहको कुल आम्दानी रु.१ करोड २५ लाख ५१ हजार ८ सय ९५ भएको बताइएको छ । त्यस्तै कनकाई नगरपालिकाबाट ५ थान बम्पर कार रु.१९ लाख बराबरको जिन्सी सामाग्री अनुदान प्राप्त भएको अध्यक्ष सिटौलाले प्रतिवेदन मार्फत जानकारी गराएका छन् ।


    वन समूहका वरिष्ठ उपाध्यक्ष दिलकुमार राईले स्वागत तथा सचिव मनिता राई र सहसचिव पुजन बाह्रकोटीले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी ,वन समूहका संस्थापक अध्यक्ष केदार गिरी, पूर्वअध्यक्ष एवम् कनकाई नगरपालिका २ का वडाअध्यक्ष परशुराम गिरी, वडासदस्य नरादेवी मगर, सुकेडाँगी वन समूहकी अध्यक्ष शान्ती उपाध्याय घिमिरे, पूर्व सचिव ईन्द्र पुलामीमगर, पूर्व लेखा सदस्य खड्ग गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.