Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बीएण्डसीमा पाँच महिनाको सफल उपचारपछि इलामकी गीताको डिस्चार्ज
    समाचार

    बीएण्डसीमा पाँच महिनाको सफल उपचारपछि इलामकी गीताको डिस्चार्ज

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष १४, बुधबार ०१:३१ गते3 Mins Read

    कनकाई खबर \ झापाको बिर्तामोडस्थित बीएण्डसीमा कोरोना संक्रमणका कारण भर्ना भएकी इलाम ७ की ४५ वर्षीय गीता सुवेदीको पाँच महिनापछि मंगलबार डिस्चार्ज भएको छ ।


    अक्सिजनको मात्रा कम भएर श्वासप्रश्वासमा समस्या भएपछि २०७८ साउन १९ गते गीतालाई इलामबाट उपचारका लागि बीएण्डसी ल्याईएको थियो । त्यहि दिन भएको एन्टिजेन परिक्षणबाट उनलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभसँगै अक्सिजन कम, फोक्सोको समस्या र सुगर पनि नघटेपछि चिन्ताजनक अवस्थामा गीतालाई सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको बिएण्डसीका कोभिड विभाग प्रमुख डा. राजु श्रेष्ठले बताए । केही दिनपछि कोरोना संक्रमण निकोभएपनि कालो ढुसीको संक्रमण देखा परेपछि अवस्था चिन्ताजनक भएकाले निरन्तर भेन्टिलेटरमा राखेर भएको उपचार आज सफल भएको गीताको उपचारमा सम्लग्न डा.श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । डिस्चार्जसँगै मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बिएण्डसीमा पहिलो पटक कालोढुसीको सफल उपचार भएको जनाइएको छ । डा.श्रेष्ठका अनुसार गीतालाई अस्पतालमा भर्ना भएदेखि निरन्तर ९९ दिन सम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको हो ।

    शुरुका दिनमा गीतालाई प्रतिमिनेट ६० लिटरसम्म अक्सिजन दिनु परेको डा.श्रेष्ठले बताए । ‘यो केश हाम्रालागि पनि चुनौति भयो,’ डा. श्रेष्ठले भने, ‘कोरोना पछि कालो ढुसीको संक्रमण भएको बिरामी हामीले पहिलो पटक उपचार गरेका हौं ।’ अझै केही समयसम्म प्रतिमिनेट २ देखि ३ लिटरसम्म अक्सिजनको आवश्यक पर्ने र त्यसको व्यवस्थापन परिवारले घरबाटै मिलाउँने भएपछि अस्पतालबाट बिदा गरेको डा. श्रेष्ठले जानकारी दिए ।

    ‘करीब १५ दिनको उपचार पछि कोरोना संक्रमण मुक्त बनाउन सकियो,’ अस्पतालका मेडिसिन विभागका प्रमुख डा.लक्ष्मण ठाकुरले भने, ‘बिरामीको फोक्सो खुम्चिएको र पूर्ण रुपमा काम गर्न नसक्ने भएकाले अवस्था गम्भिर थियो, हामीले जानेको सबै उपचार र प्रविधिको प्रयोग गर्यौं र आज बिरामी बचाउन सकियो ।’ गीताको परिवार र उनका श्रीमानले देखाएको धैर्यताले नै बिरामी बाँच्न सफल भएको डा. ठाकुरले बताए । ‘हाम्रो समाजमा लामो समय भेन्टिलेटरमा राखेर उपचार गराउने चलन छैन,’ डा. ठाकुरले भने, ‘यसमा परिवार र खासगरी बिरामीको श्रीमानले गरेको सेवाले नै आज बिरामी घर पठाउन पाएका छौं ।’

    अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा गीताका श्रीमान रामजी सुवेदी (सुमन) ले बीएण्डसीका सञ्चालक दुर्गा प्रसाई, डाक्टरहरु, स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापन लगायत कर्मचारीहरुलाई धन्यवाद दिए । ‘परिवारले माया मारेको थियो,’ उनले भने ‘तर मैले धैर्य छोडिन, अन्तिम समयसम्म पनि उपचार गराउँछु भनेर अस्पतालमै राखेको कारण श्रीमतीको जीवन बाँच्यो ।’

    बीएण्डसीका मेडिकल डाइरेक्टर डा.बिरेन्द्र यादव, कोभिड विभाग प्रमुख डा. राजु श्रेष्ठ, मेडिसिन विभाग प्रमुख डा.लक्ष्मण ठाकुर, स्वास्थ्यकर्मी गंगा अधिकारी लगायतका डाक्टर साथै स्वास्थ्यकर्मीहरुको टिमले विरामी गीताको १४३ दिन सम्मको निरन्तर उपचारपछि यो सफलता प्राप्त भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिस गिरीले जानकारी दिए । कोरोना संक्रमणको प्रारम्भदेखि यहि पुस १३ गतेसम्ममा ३ हजार ४ सय २३ जना संक्रमितहरुलाई उपचार गर्दा ८५ दशमलब ५ प्रतिशत सफलता हात परेको पत्रकार सम्मेलनमा गिरीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.