Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजले प्रदेश १ पालिका स्तरीय भलिबल संचालन गर्ने
    खेलकुद

    सुरुङ्गा जेसीजले प्रदेश १ पालिका स्तरीय भलिबल संचालन गर्ने

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष १३, मंगलवार १५:४८ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा प्रदेश १ पालिका स्तरीय कनकाई कप लिग नकआउट खुल्ला भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।


    सुरुङ्गा जेसीजको आयोजना साथै रोटरी क्लव अफ सुरुङ्गा सह–आयोजक रहेको प्रतियोगिता यही पुष १७ गते संचालन भई २१ गते समापन हुने आयोजक समितिका खेल संयोजक विवेक शिवाकोटीले बताएका छन् । प्रतियोगितामा प्रदेश १ का उत्कृष्ट ६ वटा पालिकाको भलिबल टिमले सहभागिता जनाउँने सुरुङ्गास्थित होटल डिलाईटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक सुरुङ्गा जेसीजले जानकारी गराएको छ ।


    सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा संचालन हुने प्रतियोगितामा भोजपुरको आमचोक गाउँपालिका, मोरङको बेलबारी नगरपालिका, झापाका दमक, भद्रपुर, कनकाई नगरपालिका र झापा गाउँपालिकाको तर्फबाट खेलाडीहरुले सहभागीता जनाउने खेल संयोजक शिवाकोटीले जानकारी दिए । खेलको आकर्षण बढाउन हरेक पालिकाले पालिका बाहिरका ३–३ जना खेलाडीलाई समाबेस गर्नु पर्ने नियम बनाएको छ । जस अनुसार यस प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत सहभागीता हुन सक्ने अनुमान गरिएको छ । प्रतियोगितमा प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११ नगद, दोस्रो हुने टिमलाई ५१ हजार १ सय ११, तेस्रो हुने टिमलाई २५ हजार ५ सय ५५ रुपैयाँ, प्रमाण–पत्र र मेडल प्रदान गरिने आयोजक समिति सुरुङ्गा जेसीजका वातावरण संयोजक राजु पाठकले जानकारी दिए ।


    खेल सम्पन्न गर्न ९ लाख १६ हजार ७ सय ७७ रुपैंयाँ खर्च अनुमान गरिएको छ भने खेलप्रति युवाहरुलाई प्रोत्साहन गर्ने उद्येश्यले स्थानीय सरकार कनकाई नगरपालिकाले १ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजकका रुपमा रहेको नेपाल बहुउद्येश्यीय सहकारी संस्था लि. ले १ लाख ५० हजार प्रायोजन गर्ने भएको छ । त्यस्तै सह—प्रयोजकका रुपमा मेचीनगरका नरेन्द्र मेचे रहेका छन् । प्रथम पुरस्कारको राशी युवा व्यवसायी विकाश प्रसाईंले आफ्नो भाइ स्व. विनोद प्रसाईँको स्मृतिमा प्रायोजन गर्ने पक्का भएको सुरुङ्गा जेसीजकी अध्यक्ष यदुका उप्रेती(उषा) ले जानकारी दिएकी छन् । प्रतियोगिताको तेस्रो पुरस्कार गैरआवासीय नेपालीहरुको संस्था एनआरएनका आशिष संग्रौलाले प्रायोजन गर्ने भएका छन् ।


    विगतमा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता संचालन गरेर चर्चा कमाएको जेसीजले अब भलिबल खेललाई निरन्तरता दिने भएको छ । यस अघिको वर्ष पहिलो संस्करणका रुपमा वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको जेसीजले आफ्नो वार्षिक कार्यक्रमका रुपमा यस बर्ष प्रदेश १ को पालिका स्तरिय भलिबल खेल संचालन गर्ने भएको हो । आगामी बर्षहरुमा पालिका हँुदै जिल्ला, प्रदेश , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रयोगिता गराउने लक्ष्य रहेको सुरुंगा जेसीका पूर्व अध्यक्ष जविन तिम्सिनाले बताए ।

    सुरुङ्गा जेसीजकी अध्यक्ष यदुका उप्रेती(उषा) को सभापतित्व एवम् महासचिव मेनुका उप्रेतीले संचालन गरेको पत्रकार भेटघाट कार्यक्रममा सुरुङ्गा जेसीजकी पूर्व अध्यक्ष सरला पोखरेल, भलिबल संघ प्रदेश १ का सचिव लेखनाथ पराजुली, प्रतियोगिताका निर्णायक संयोजक खडानन्द खतिवडा, प्रथम पुरस्कारका प्रायोजक विकास प्रसाईँ, गीनीज पब्लिकेशनका प्रदेश १ प्रमुख प्रेमप्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जेसीज अध्यक्ष उप्रेतीले खेलसँगको सुरुङ्गा जेसीजको सम्बन्धका बारेमा थप प्रष्ट पारेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.