Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आफूले अध्ययन गरेको विद्यालयमा तिम्सिनाले गरे शैक्षिक सामाग्री सहयोग
    समाचार

    आफूले अध्ययन गरेको विद्यालयमा तिम्सिनाले गरे शैक्षिक सामाग्री सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष १२, सोमबार ०३:३४ गते2 Mins Read

    कनकाई खबर \ झापाको बाह्रदशी—७ स्थित पशुपति आधारभुत विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि विद्यालयका पूर्व विद्यार्थी समेत रहेका सुरुङ्गाका एक तिम्सिना परिवारले शैक्षिक सामाग्री सहयोग गरेका छन् ।


    वि.सं.२०२१ मा स्थापना भएको यस विद्यालयका संस्थापक सेक्रेटरी अभिनारायण तिम्सिनाका छोरा कनकाई—३, सुरुङ्गा निवासी नरप्रसाद र नाती प्रविण तिम्सिनाका तर्फबाट विद्यालयकालागि अत्यन्तै उपयोगी सामाग्री हस्तान्तरण भएको हो । विद्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका विच दाता परिवारका तर्फबाट नरप्रसाद र प्रविण तिम्सिनाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणप्रसाद तिम्सिना र प्रधानाध्यापक प्रेमप्रसाद भण्डारीलाई एकैसाथ सामाग्री हस्तान्तरण गरेका हुन् ।


    नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका सभापति साथै विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा रहेका युवा सामाजिक अभियन्ता प्रविण तिम्सिनाका साथमा बुबा नरप्रसाद तिम्सिनासहितका दाता परिवारका तर्फबाट विद्यालयलाई एक थान रंगिन प्रिन्टर र एक थान वाटर डिस्पेन्सर हस्तान्तरण गरेको बताइएको छ । विद्यालयका विद्यार्थी साथै शिक्षक शिक्षिकालाई आवश्यक्ता अनुसारको चिसो तातो पिउने पानीकालागि वाटर डिस्पेन्सर अति उपयोगी हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणप्रसाद तिम्सिनाले बताए । दाताको सहयोगले विद्यालय परिवारलाई थप उत्साह जगाएको अध्यक्ष तिम्सिनाको ठहर छ।

    पशुपति आधारभुत विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका प्रविणले वाल्यकालको शिक्षण कार्यमा आफूले भोगेको कष्टकर जीवनलाई स्मरण गर्दै विद्यालयलाई केही सहज होस् भन्ने उद्येश्यका साथ सामाग्री हस्तान्तरण गरेको बताए । आफूले वाल्यकालमा साँवा अक्षर चिनेको विद्यालयलाई हाल सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउँने प्रविणले यस अघि पनि विद्यालयलाई कम्प्युटर, विद्यार्थीहरुलाई न्यानो कपडा लगायतका अन्य शैक्षिक सामाग्री वितरण गरेका थिए ।


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणप्रसाद तिम्सिनाको सभापतित्व एवम् प्रधानाध्यापक प्रेमप्रसाद भण्डारीले संचालन गरेको औपचारीक कार्यक्रमका अवसरमा विद्यालयबाट सेवा निवृत्त भएका शिक्षक कुलबहादुर बस्नेत र विद्यालय सहयोगी फत्तेबहादुर खड्काको भावी जीवनको सफलताको कामना गरीएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रुद्रप्रसाद शिवाकोटी, व्यवस्थापन समितिका सदस्य खगेन्द्र घिमिरे, मनमाया रम्तेल, अक्षयकोष दाता धनपति पाण्डे,व्यवस्थापन समितिका पूर्व सदस्य सुर्यवहादुर दर्जी लगायतको उपस्थिती रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.