Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाको सुरुङ्गामा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीको पारिवारीक भेटघाट
    राष्ट्रिय

    झापाको सुरुङ्गामा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीको पारिवारीक भेटघाट

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष ११, आईतवार ०३:०५ गते2 Mins Read

    कनकाई खबर / नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई गृह जिल्ला झापाको सुरुङ्गामा भव्य स्वागत गरिएको छ ।

    पारिवारीक भेटघाटकालागि झापाको सुरुङ्गास्थित श्यामसुन्दर ओलीको निवासमा आएका पूर्व प्रधानमन्त्री ओलीलाई सुरुङ्गा आसपासको क्षेत्रका नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन् । ओलीको राजनीतिक यात्रा प्रारम्भ भएको झापाको सुरुङ्गामा पारिवारीक भेटघाटको क्रममा कनकाई —३ सुरुङ्गाका श्यामसुन्दर र सकुन्तला साथै छोरी खुस्बु ओलीको निवासमा आएका एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीलाई भुमिका र जयकुमारी ओली, खगेन्द्रमणि र पार्वता ओली, विपिन र रेणु ओली, प्रिन्स, सौर्यविक्रम, सर्वाहानी साम्राज्ञी ओली लगायतका ओली पारिवारका सदस्यहरुले स्वागत गरेका थिए ।

    त्यस्तै नेकपा एमालेको कनकाई नगर कमिटीका अध्यक्ष खड्गप्रसाद प्रसाई लगायत अन्य पदाधिकारीहरु, कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ लगायत कनकाई नगरक्षेत्रका जनप्रतिनिधिहरु, केन्द्रिय सल्लाहकार परिषद सदस्यहरु, प्रदेश सभा सदस्य हिराकुमार थापा लगायत पार्टीका प्रदेश कमिटीका सदस्यहरु, जिल्ला तथा क्षेत्रीय स्तरका नेता तथा स्थानीय कार्यकर्ताहरुले भेटघाट तथा स्वागत गरेको नेकपा एमाले कनकाई नगर कमिटीका सचिव देवीप्रसाद उप्रेतीले जानकारी दिएका छन् ।

    राजनीतिमा लाग्नु अघि सुरुङ्गा, घैलाडुवा, डाँगीबारी क्षेत्रका नदी खोलामा सँगै पौडी खेलेका साथीभाइहरुलाई नजिकैबाट हेर्दा आँफू पनि बुढो भइएछ की जस्तो महसुश भएको बताउँदै पूर्व प्रधानमन्त्री ओलीले आफ्ना राजनीति सहयोद्धाहरुसँग हँस्यौली गर्दै दिल खोलेर हाँसेका थिए । आँफूले राजनीति प्रारम्भ गर्नु अघि सँगै खेलेका साथै सँगसँगै राजनीति गरेका साथीभाइहरुसँगको भेटघाटले आँफूलाई अत्यन्तै खुशी लागेको बताउँदै पूर्व प्रधानमन्त्री ओलीले झापाको कनकाई क्षेत्र सचेत नागरिकहरुको बसोबास रहेको ठाउँ भएकाले यहाँ विकास निर्माणका अझै धेरै काम गर्न सकिने बताए ।

    सामाजिक जागरण, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा यहाँको स्थानीय तहले महत्वपूर्ण काम गर्दै आएको बताउँदै एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीले खास गरी युवा सर्कल केही फरक ढङ्गले अघि बढ्न खोजेकाले यो शक्तिलाई प्रोत्साहन दिनु पर्ने तर्फ उनको जोड थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.