Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरमा कृषि बजार संचालनको तयारी
    राष्ट्रिय

    कनकाई नगरमा कृषि बजार संचालनको तयारी

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष ८, बिहीबार १७:१० गते2 Mins Read

    कनकाई खबर \ कृषिबाट उत्पादित सामाग्रीलाई बजारीकरण गर्ने साथै कृषिबाटै आत्मनिर्भर बन्न नगरबासीलाई प्रेरित गर्ने उद्येश्यले झापाको कनकाई नगरपालिकाले कृषि बजार संचालन गर्ने भएको छ ।

    कृषिबाटै नगरबासीलाई स्वरोजगार बनाउँने दिर्घकालीन योजनाका साथ संचालन गर्न लागेको कृषि बजार व्यवस्थापनकालागि कनकाई नगरपालिकाले १ विगाहा ७ कठ्ठा जमीनमा सटर निर्माणकालागि निर्माण व्यवसायीसँग सम्झौता भइसकेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए । पहिलो चरणमा निर्माण हुने १ सय ५० वटा सटरमा सागसब्जी, फलफूल साथै व्यवस्थित माछा मासु पसल रहने बताइएको छ । सुरुङ्गा बजारको उत्तर तर्फ लोकमार्गसँगैको पशुहाट संचालन भएको आसपासको क्षेत्रफलमा कृषि बजार संचालन हुने नगर प्रमुख पोखरेलले जानकारी दिए ।

    कृषि बजार संचालनकालागि कनकाई नगरपालिकाले नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) सँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । कृषि क्षेत्रमा सार्वजनिक निजी साझेदारी सहजीकरणकालागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । कनकाई नगरपालिकामा आज (विहिबार) आयोजित एक संक्षिप्त कार्यक्रमका विच हस्ताक्षर भएको समझदारी पत्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र परियोजनाका तर्फबाट रिमा श्रेष्ठ विच आदान प्रदान गरिएको छ । कृषि बजार संचालनमा आएसँगै उत्पादन भएका कृषिजन्य सामाग्रीहरुको बजारीकरण सहज हुने भएको छ । उत्पादनसँगै उचित मूल्य प्राप्तीकालागि सहजीकरण गर्ने परियोजनाको उद्येश्य रहेको नेपाल कृषि बजार विकास कार्यक्रमकी सहायक प्रमुख रिमा श्रेष्ठले जानकारी दिएकी छन् ।

    सन् २०२१ देखि २०२४ सम्म कनकाई नगरपालिकासँग साझेदारीमा काम गर्ने गरी सम्झौता गरेको कृषि बजार विकास कार्यक्रम (सहज)ले कनकाईमा संचालन हुने कृषि बजार व्यवस्थापनकालागि ५५ लाख रुपैंयाँ लगानी गर्ने सम्झौता भएको कनकाईका कृषि विकास अधिकृत यदु उप्रेतीले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.