Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कांग्रेस झापाको सचिवमा निर्वाचित हुमागाँईद्वारा पत्रकारिताको जिम्मेवारी त्याग, अब सञ्चार उद्यमी
    राजनीति

    कांग्रेस झापाको सचिवमा निर्वाचित हुमागाँईद्वारा पत्रकारिताको जिम्मेवारी त्याग, अब सञ्चार उद्यमी

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष ६, मंगलवार ०१:०५ गते3 Mins Read

    विर्तामोड \ नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति एवं पत्रकार कृष्ण हुमागाईले अब सक्रिय पत्रकारितामा नरहने तर सञ्चार उद्यमीका रुपमा मात्रै रहने घोषणा गर्नुभएको छ ।

    नेपाल पत्रकार महासंघ झापामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष हुमागाईले नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य र भवन निर्माण अनुगमन समिति सदस्यबाट राजीनामा दिदै यस्तो घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअघि सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका हुमागाई जिल्ला अधिबेशनबाट सचिवमा निर्वाचित भएपछि सक्रिय पत्रकारिता छाड्ने घोषणा गर्नुभएको हो ।

    सञ्चार उद्यमीको रुपमा रहेर आफूद्वारा सम्पादित/प्रकाशित जय लोकतन्त्र साप्ताहिक पत्रिकालाई भने कर्मचारीमार्फत प्रकाशनमा निरन्तरता दिइने उहाँले बताउनुभयो । २० बर्षको उमेरदेखि २०४५ सालबाट पत्रकारिता पेशामा आबद्ध हुनुभएका हुमागाईले ५३ बर्ष पूरा गरुन्जेल लगभग ३४ बर्ष पत्रकारितामा विताउनुभएको छ ।

    यसअवधिमा नेपाल पत्रकार महासंघ झापाको सचिव, उपसभापति, सभापति हुनुभएका उहाँले २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा खेलेको अग्रणी भूमिकाकै कारण पत्रकारिता र राजनीतिक वृत्तमा चर्चामा आउनुभएको थियो । २०६२/०६३ को जनआन्दोलनमा सक्रियता देखाएकै कारण उहाँ पटक–पटक पक्राऊ पर्नुका साथै निर्वासित जीवन विताउनुपरेको थियो भने भारतीय प्रहरीले पक्राऊ गरी जलपाइगुरीस्थित भक्तिनगर थानामा केहीदिन हिरासतमा राखेको थियो । नेपाल पत्रकार महासंघको अध्यक्ष रहँदा भद्रपुरस्थित महासंघको भवन निर्माण र विर्तामोडमा जग्गा जोड्ने कार्यमा महत्वपूर्ण भूमिका हुमागाईको रहेको थियो । सक्रिय राजनीतिमा रहेर पनि महासंघको संस्थागत विकास एवं प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो सदैव सहयोग रहने हुमागाईले बताउनुभयो ।

    राष्ट्रियता, प्रजातन्त्र, समाजवादको पक्षमा २०४५ सालबाट मिसन पत्रकारिता थाल्नुभएका हुमागाई नेपाल प्रेस युनियन झापाको पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य पनि हुनुहुन्छ । निम्न मध्यम बर्गीय परिवारमा जन्मनुभएका उहाँले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भन्नुभएको छ–‘राजनीति कुनै पनि देशको मुल नीति हो । राजनीछि ठीक ढंगले चल्यो भने देशमा स्थिरता, शान्ति र पद्धतिको विकास हुन्छन र जनताले सुख पाउँछन् । राजनीतिलाई किनारामा बसेर विग्रियो भनेर गाली गरेर मात्र नहुने ठानेर म सक्रिय राजनीतिमा होमिएको हुँ । राजनीतिमा सबै खराब मात्र छन् भन्ने, अनि राम्रा भनिएका मान्छेहरु राजनीतिमा प्रवेश नगर्ने हो भने कसरी राजनीति सप्रिन्छ होला र ।’

    नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले नेपालका कम्युनिष्ट तथा लोकतन्त्रवादी भनिएका दलहरुमा हुने खाने र भ्रष्टाचारी एवं नैतिकताहिन ब्यक्तिहरुको बोलावाला रहेको बताउँदै राजनीतिमा नैतिकवान, सिद्धान्तनिष्ठ र निष्ठावान मानिसहरु पाखा लाग्दै जाने अवस्था आउनु दुःखद भएको चर्चा गर्नुभयो । आफू राजनीतिबाटै पत्रकारितामा प्रवेश गरेको इतिहास बताउँदै भण्डारीले राजनीतिमा विश्वास, कुर्वानी, सिद्धान्त र निष्ठा सकिएपछि आफूले त्यो क्षेत्र छाडेको समेत सुनाउनुभयो । नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव लोकराज ढकाल, पूर्व सभापति मोहन काजी लगायतले बोल्नुभएको कार्यक्रममा राजनीतिमा निष्ठा, समर्पण, नीति र सिद्धान्त क्रमश ह्रास आइरहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य गोपाल काफ्ले, प्रेस चौतारीका केन्द्रीय सदस्य मुक्ति पौडेल, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, प्रदेश सदस्य सुरेन्द्र भण्डारी, उपाध्यक्ष केशव भट्टराई, फोटो पत्रकार संघका अध्यक्ष विनोद पाण्डे लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.