Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेसीजको राष्ट्रिय अध्यक्षमा भण्डारी, म्यान अफ द इलेक्सनमा साँवा
    राष्ट्रिय

    जेसीजको राष्ट्रिय अध्यक्षमा भण्डारी, म्यान अफ द इलेक्सनमा साँवा

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष ५, सोमबार २३:५८ गते3 Mins Read

    राम निरौला,
    कनकाई खबर \ नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा दाङको त्रिभुवन नगर जेसीजका पूर्व अध्यक्ष जेसी लालमणि भण्डारी निर्वाचित भएका छन् ।

    स्थापनाकालदेखि हाल सम्मको ३७ औं वर्षको इतिहासमा त्रिभुवन नगर जेसीजले भण्डारीलाई पहिलो राष्ट्रिय अध्यक्ष पाएको हो । राष्ट्रिय उपाध्यक्षमा झापाको शिवसताक्षी निवासी युवा सामाजिक अभियन्ता कुमार सिंह साँवा लिम्बू म्यान अफ द इलेक्सनका रुपमा अत्यधिक मतका साथ निर्वाचित भएका छन् । पोखरा जेसीजको आतिथ्यमा सम्पन्न नेपाल जेसीजको महाधिवेशनबाट लिम्बू राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन् । जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका कुमार सिंह साँवा लिम्बू सतासीधाम जेसीजको वर्ष २०२० का अध्यक्ष हुन् ।

    महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा निर्वाचित भण्डारीसँगै चारजना कार्यकारिणी उपाध्यक्षमा क्रमशः दिपेन्द्र निरौला, सुनिल तिमिल्सिना, रमा कुमारी प्याकुरेल र अनिल बहादुर शाही रहेका छन् । त्यसैगरी १२ जना राष्ट्रिय उपाध्यक्षमा क्रमशः कुमारसिंह साँवा लिम्बू, जीवन कार्की, मनोज कुमार शाह, नेत्रलाल भट्टराई , रश्मि बस्नेत, नरेशचन्द्र ओझा, राम प्रसाद पाण्डे, योगीराज अधिकारी, सन्दीप अग्रहरी, कृष्ण बहादुर श्रेष्ठ, राजिब प्रसाई, जीवन श्रेष्ठ रहेका छन् । जेसीजको विधान अनुसारका मनोनीत पदहरुमा क्रमशः महासचिवमा कृष्ण सापकोटा, कोषाध्यक्षमा कमल पनेरू र कानुनी सल्लाहकारमा गोविन्द देवकोटा चयन भएका छन् ।

    राष्ट्रिय उपाध्यक्षमा निर्वाचित सतासीधाम जेसीजका पूर्व अध्यक्ष लिम्बूले आफ्नो कार्यकालमै सतासीधाम जेसीजलाई देशकै उत्कृष्ट शाखाका रुपमा स्थापित गरेर देशभर आफ्नो पहिचान बनाइसकेका थिए । सुरुङ्गा जेसीजले मातृत्व प्रदान गरेको सतासीधाम जेसीजको स्थापना वर्ष २०१२ देखि नै सदस्य हँुदैं जेसीजको माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय रहेका लिम्बू वर्ष २०१६ मा सतासीधाम जेसीजको उपाध्यक्ष बन्न सफल भएका थिए । एक सामाजिक अभियन्ताका रुपमा युवाहरु विच लोकप्रिय मानिदै आएका लिम्बू लामो समयदेखी विभिन्न शैक्षिक, सामाजिक तथा संचार क्षेत्रमा समेत क्रियाशिल हुँदै आएका एक जुझारु युवाका रुपमा परिचित छन् ।

    नेतृत्व क्षमताको सफल प्रयोगकालागि जेसीजको प्लेट फर्म पाएका लिम्बूले सतासीधाम जेसीज वर्ष २०१७ मा तालिम संयोजकको जिम्मेवारीमा रहेर आफ्नो सफल नेतृत्वको क्षमता प्रदर्शन गरिसकेका थिए । क्रमिक रुपले वर्ष २०१८ मा कार्यकारिणी उपाध्यक्ष, वर्ष २०१९ मा महासचिव हुँदै वर्ष २०२० मा सतासीधाम जेसीजको उत्कृष्ट अध्यक्ष बन्न सफल भएका लिम्बू वर्ष २०२१ मा समेत राष्ट्रिय उपाध्यक्षको उम्मेद्वार बनेर सम्मानजनक मत प्राप्त गर्दै उपविजेता बनेका थिए । सतासीधाम जेसीज वर्ष २०२० लाई, “सबल व्यक्तित्व तथा नेतृत्व विकास र सामाजिक रुपान्तरणका लागि सतासीधाम जेसीज वर्ष २०२०” भन्ने प्रमुख प्रकरण (थिम) र अभियानका साथ लिम्बूले सतासीधाम जेसीजलाई नेतृत्व प्रदान गरेका थिए ।

    नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएसँगै कनकाई खबरसँगको सम्पर्कमा जेसीज अभियन्ता लिम्बूले आँफूमा थप जिम्मेवारीका साथ नयाँ हौसला एवम् उर्जा प्राप्त भएको प्रतिक्रिया दिएका छन् । जेसीजका नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष लिम्बूले जेसीजबाट सिकेको ज्ञान, सिप, अनुभव साथै आफ्नो नेतृत्व क्षमताको स्थानीय स्तरमा समेत प्रयोग गर्दै समाज रुपान्तरणमा सक्रिय रहने प्रतिवद्धता जनाएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.