Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकामा प्रदेश १ पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु
    खेलकुद

    झापा गाउँपालिकामा प्रदेश १ पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष ५, सोमबार १५:४४ गते3 Mins Read

    कनकाई खबर \ प्रदेश नं. १ पालिका स्तरीय दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता झापाको शरणामतिमा सुरु भएको छ ।


    झापा गाउँपालिका—६ शरणामति स्थित जनता माविको खेलमैदानमा सुरु भएको प्रतियोगिताको आयोजक झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले उद्घाटन गरेका थिए । प्रतियोगितामा झापाका १० पालिकासहित प्रदेश नं.१ का अन्य ६ वटा पालिका गरी १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता उद्घाटनको पहिलो दिन सोमबार सम्पन्न तीनवटा खेलमा क्रमशः झापाको दमक नगरपालिका र झापा गाउँपालिका साथै भोजपुरको षडानन्द नगरपालिकाले अग्रता कायम गरेका छन् ।

    आयोजक झापा गाउँपालिकाले तय गरेको खेल तालिका अनुसार दमक र मेची नगरपालिका विच हुने भनिएको पहिलो खेलमा मेची नगरको भलिबल टिम उपस्थित नभएपछि वाकओभरमा दमक नगरपालिकाको टिमलाई विजेता घोषित गरिएको छ ।

    त्यस्तै दोस्रो खेल झापाको कनकाई नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका विच सम्पन्न भएकोमा षडानन्द नगरपालिका विजयी बनेको हो । विजेता षडानन्द नगरपालिकाले २५\२०, २५\२० र २५\२२ को अन्तरले कनकाई नगरपालिकालाई पछि पारेको हो । कनकाई नगरपालिकाले भने खेलको दोस्रो सेटमा २५\२२ को अन्तरले एक सेट मात्र जित्न सफल भएको आयोजक समितिका सचिव मोहन मिश्रले जानकारी दिएका छन् । खेलको म्यान अफ द म्याच षडानन्द नगरपालिका तर्फका खेलाडी भुवन गौतम घोषित भएका छन् ।


    त्यस्तै आजको तेस्रो खेल आयोजक झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका विच सम्पन्न भएकोमा झापा गाउँपालिकाको टिम विजयी बनेको छ । विजेता झापा गाउँपालिकाले २६ \ २४, २५ \ १० र २५ \ ९ को अन्तरले बाह्रदशी गाउँपालिकालाई पछि पारेको हो । बाह्रदशीले खेलको तेस्रो सेटमा २५ \ २३ को अन्तरले एक सेट मात्र जित्न सफल भएको आयोजक समितिले जनाएको छ । खेलको म्यान अफ द म्याच विजेता टिमका रोहित शिवाकोटी घोषित भएका छन् ।

    सोमबारदेखि संचालन भएको प्रतियोगिता पुष १० गते शनिवार समापन हुने आयोजक समितिका सल्लाहकार संयोजक गजेन्द्र ताम्लीले बताए ।
    प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख नगदसहित मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगितालाई निरन्तर अघि बढाउँन हरेक वर्ष हुने आर्थिक व्यय भारलाई न्युनीकरण गर्ने उद्येश्यले आयोजक समितिले स्थापना गरेको अक्षय कोषमा समेत दाताहरुले सहयोग गर्न थालेका छन् । अक्षयकोषमा कनकाई ३ निवासी आशिष संग्रौलाले रु.५ हजार सहयोग गरेको बताइएको छ । अन्य दाताहरुबाट समेत अक्षयकोषमा सहयोग रकम संकलन हुँदै गरेको बताइएको छ ।


    प्रतियोगिताको उद्घाटन समारोहमा स्थानीय पाथीभरा र चन्द्रज्योती अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुले मार्च पास गरेका थिए भने जनता माध्यमिक विद्यालका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए । खेल आयोजक समितिका संयोजक तेजप्रसाद भट्टराईको सभापतित्व एवम् उपाध्यक्ष दुर्गाबहादुर पौडेलले स्वागत गरेको उद्घाटन समारोहको संचालन सचिव मोहन मिश्रले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.