Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकामा सोमबारदेखि पालिका स्तरीय भलिबल प्रतियोगिता संचालन हुने
    खेलकुद

    झापा गाउँपालिकामा सोमबारदेखि पालिका स्तरीय भलिबल प्रतियोगिता संचालन हुने

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष ४, आईतवार १४:१३ गते2 Mins Read

    कनकाई खबर \ झापा गाउँपालिकाको आयोजनामा प्रदेश नं. १ पालिका स्तरीय दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।

    झापा गाउँपालिका—६ शरणामति स्थित जनता माविको खेलमैदानमा यहि पुष ५ गतेदेखि संचालन भई १० गते समापन हुने प्रतियोगिताका विषयमा पत्रकार सम्मेलन मार्फत अयोजक समितिले जानकरी गराएको छ ।
    भलिबल प्रतियोगितामा झापाका १० पालिकासहित प्रदेश नं.१ का १६ वटा टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख नगदसहित मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिने खेल आयोजक समितिका संयोजक तेजप्रसाद भट्टराईले जानकारी दिए । प्रतियोगिता समापन गर्न ११ लाख रुपैंया खर्चको अनुमान गरिएको जानकारी दिँदै संयोजक भट्टराईले आगामी खेलकालागि आर्थिक पक्षको व्यवस्थापन सहज बनाउँने उद्येश्यका साथ अक्षयकोष स्थापना गर्ने योजना रहेको बताए ।

    प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने टोलीले समेत पुरस्कार बापत १५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै विधागत तर्फ समेत सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार हात पार्ने छन् भने उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट ब्लकरले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक समितिका सचिव मोहन मिश्रले जानकारी दिए ।

    प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा ट्राइगर ब्रअरी रहेको छ भने सह–प्रायोजकका रुपमा एन.आइ.सी.एशिया बैंक, एनी ग्रुप तथा कनकाई गार्भेन्ट दुधे र शरणामती केवल नेटवर्क रहेका छन् ।
    राष्ट्रिय स्तरका खेलाडी उत्पादन भइसकेको झापा गाउँपालिका क्षेत्रमा हुने प्रतियोगितालाई विशेष महत्वका साथ हेरिने गरेको आयोजक समितिका सल्लाहकार संयोजक गजेन्द्र ताम्लीले बताएका छन् । स्थानीयबासीको खेल प्रतीको रुची अथाहा भएकाले झापा गाउँपालिकामा भलिवलको कुम्भमेला देख्न सकिने सल्लाहकार संयोजक ताम्लीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.