Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दिलमाया स्मृति कपको उपाधि शिवसताक्षी ११ को पोल्टामा, प्रतियोगिताले निरन्तरता पाउँने
    खेलकुद

    दिलमाया स्मृति कपको उपाधि शिवसताक्षी ११ को पोल्टामा, प्रतियोगिताले निरन्तरता पाउँने

    कनकाई खबरBy कनकाई खबर२०७८ मंसिर २५, शनिबार १६:४६ गते3 Mins Read

    कनकाई खबर \ झापा क्षेत्र नं. ४ अन्तर्गत संचालन भएको वडा स्तरीय दिलमाया स्मृति कपको उपाधि शिवसताक्षी ११ले हात पारेको छ ।

    दोस्रो चरण अन्तर्गतको सुपर आठ फुटबल प्रतियोगिताबाट झापा गाउँपालिका ६ लाई सडनडेथमा हराउँदै शिवसताक्षी ११ ले उपाधि हात पारेको हो । ट्राइबेकरमा ७–६ गोल अन्तरले झापा ६ लाई हराउँदै शिवसताक्षी ११ ले उपाधि हात पारेको आयोजक नेपाल खेलकुद महासंघका सदस्य एवम् खेल संयोजक सुनिल भेट्वालले जानकारी दिएका छन् ।

    झापा क्षेत्र नं.४ का संघीय सांसद एलपी साँवा लिम्बूकी ममतामयी माता स्व.दिलमाया लिम्बूको स्मृत्तिमा वुद्धिमान साँवा लिम्बू साथै परिवारका तर्फबाट प्रायोजन गरीएको प्रतियोगिताको उपाधिकालागि शनिवार दुधे रङ्गशालामा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएको हो । प्रतियोगिताको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो । खेलको दोस्रो हाफको १८ मिनेटमा शिवसताक्षीका लागि जर्सी नं. १३ का सुरज मगरले गोल गरेका थिए ।

    दोस्रो हाफको ३९ औं मिनेटमा झापा ६ का तर्फबाट जर्सी नं. १२ का नन्दु हेमरमलाई गोल फर्काउन सफल भए । योसँगै खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा दुवै टिमबाट गोल बराबरी भएपछि खेल सडेनडेथमा धकेलिएको थियो । झापा ६ का तर्फबाट हानेको गोल शिवसताक्षी ११ का गोल किप्परले बचाउ गरेपछि शिवसताक्षीले उपाधि चुमेको हो ।
    खेलको विजेता शिवसताक्षी ११ ले २ लाख २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेता टिम झापा गाउँपालिका ६ ले नगद १ लाख २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।

    खेलको म्यान अफ दि म्याच शिवसताक्षी ११ का गोल किपर सिमसन राई घोषित भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे । दिलमाया स्मृति कपको सर्वाधिक गोलकर्ता झापा ६ का सुजन पौडेल, उत्कृष्ट डिफेन्डर शिवसताक्षी ११ जेरन राई, उत्कृष्ट मिड फिल्डर शिवसताक्षीका सन्जोग मगर, सर्वोत्कृष्ट गोल किप्पर शिवसताक्षी १० टेकराज योङ्गहाङ्ग घोषित भए । उनीहरुले जनही ५ हजार प्राप्त गरे । त्यस्तै सर्वोत्कृष्ट खेलाडी शिवसताक्षी ११ का निकेश श्रेष्ठ घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

    कार्यक्रममा पूर्व खेलाडी तथा प्रशिक्षक सन्तबहादुर रायमाझी, लिलु गिरी, दिलकुमार कार्की, राजेन्द्र कुमार श्रेष्ठ , जान ताप्ली लिम्बु, सन्जीत राई, अनन्त तामाङ्ग, नितेश श्रेष्ठलाई विशेष सम्मान गरिएको खेल संयोजक खेलकुद महासंघका सदस्य भेट्वालले जानकारी दिए । विजेता खेलाडी साथै सम्मानित सवैलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ३ का पूर्व प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई साथै प्रायोजकका तर्फबाट झापा क्षेत्र नं. ४ का संघीय सांंसद एलपी साँवा लिम्बूले सम्मान पत्र प्रदान गरेका थिए । स्व.माता दिलमायाको स्मृत्तिमा संचालन गरिएको प्रतियोगितालाई आगामी वर्षमा समेत निरन्तरता दिँदै जाने प्रायोजकका तर्फबाट संघीय सांसद साँवाले प्रतिवद्धता जनाएका छन् ।


    खेल संयोजक सुनिल भेट्वालको सभापतित्वमा सम्पन्न प्रतियोगिताको औपचारीक कार्यक्रमको संचालन संघीय सांसद साँवाका स्वकीय सचिव सिक्किन पासवानले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.