Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षीमा चासोक तङ्नामको भव्य तयारी, १९ बढी उपसमिति गठन
    समाचार

    शिवसताक्षीमा चासोक तङ्नामको भव्य तयारी, १९ बढी उपसमिति गठन

    कनकाई खबरBy कनकाई खबर२०७८ मंसिर २३, बिहीबार ०५:०५ गते2 Mins Read

    कनकाई खबर \ झापाको शिवसताक्षीमा किराँत लिम्बू समूदायको मौलिक तथा प्राकृतिक पर्व (उद्यौली पर्व) चासोक तङनाम (चेसोक तङनाम) २०७८ भव्य रुपमा मनाइने भएको छ ।

    अघिल्ला वर्षहरुमा समेत चासोक मेलाको रुपमा मनाइदै आएको चासोक तङनाम यस पटक कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण पौष ४ गते एक दिन मात्र मनाइने भएको छ ।

    किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीको आयोजनामा सम्पन्न हुने चासोक तङनामलाई हरेक वर्ष विशेष पर्वका रुपमा मनाउँदै आएको किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष वीरवल जवेगूले बताएका छन् ।
    एक दिन मात्र उत्सवका रुपमा मनाइने कार्यक्रममा यस भन्दा अघि गरिएको कार्यक्रम जस्तै सबै बिधालाई समेटिने बताइएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार मेलिना राई र राष्ट्रिय हास्य कलाकार भरतमणि पौडेलको बेजोड प्रस्तुती रहने छ । कार्यक्रमकालागि अनुमान गरिएको १० लाख खर्च देश तथा विदेशमा रहेका व्यक्ति तथा स्थानीय स्तरका दाताहरुबाट संकलन गरिने बताइएको छ ।

    २०७३ बाट लिम्बू समूदायको सामूहिक संस्था याक्थुङ नालीफुङ्वा चुम्बोले विश्व व्यापिकरण गर्दै आएको चासोक तङ्नाममा प्रदेश नं १ का समूदायहरुको जमघट हुने छ । कार्यक्रममा भारतको दार्जेलिङ , सिक्किमबाट समेत उपस्थिति रहँदै आएको बताइएको छ । चासोक तङनामको भव्य तयारीका लागि १९ वढि विभिन्न उप–समिति गठन गरिएको छ । जस अनुसार आर्थिक संयोजकमा सूर्य योङया , प्रचार प्रसार संयोजकमा सन्तोष थोप्रा , केलाङ संयोजकमा डिल्लीलाल फेम्बु , स्वयम् सेवक संयोजकमा अभिशेक केदेम रहेका छन् ।

    त्यस्तै कलाकार बिभाग संयोजकमा सन्तोष थोप्रा , प्रसाद वितरण संयोजकमा कमला आङ्देम्बे र शोभा लिम्बू , मञ्च व्यवस्थापन संयोजकमा अमर लिम्बू ,स्टल र लाइटिङ विभाग संयोजकमा शर्मिला राई , फेदाङ्मा तथा सेवासाँवा व्यवस्थापन संयोजनमा महेश्वर खेवा , क्याट्रिङ तथा खाना व्यवस्थापन संयोजकमा सोराहाङ योङहाङ रहेका छन् ।

    त्यस्तै साउण्ड सिस्टम व्यवस्थापन संयोजकमा बीरबल जवेगु ,प्रेस संयोजक सेलिङ केसी , यातायात व्यवस्थापन संयोजकमा शिशिर तुम्बापो , स्थानीय कलाकार व्यवस्थापन संयोजकमा साजन फागो , टेण्ट ,गेट, स्टेज व्यवस्थापन संयोजकमा रोशन थोप्रा,अतिथि सत्कार व्यवस्थापन संयोजकमा पवित्रा लिम्बू,पःलुङ लि तोङ व्यवस्थापन संयोजकमा किरण लिङ्देन ,किनमेल व्यवस्थापन संयोजकमा विक्रम तुम्वापो ,मौलिक घर व्यवस्थापन संयोजकमा विक्रम वनेम फागो ,महिला व्यवस्थापन संयोजकमा पार्वता सेलिङ रहेका छन् भने मूल समितिको संयोजकमा किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष बीरबल जवेगु रहेका छन् ।

    प्रदेश १ स्तरीय चासोक तङनाममा धान नाच मेला, केलाङ माङलाङ मेला ,छेलो प्रतियोगिता ,धनुकाण प्रतियोगिता समेत हुने किराँत याक्थुङ चुम्लुङका सचिव प्रेम शेर्माले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.