कनकाई खबर \ ज्येष्ठ नागरिक संघ कनकाई ७ ले एक विशेष कार्यक्रमका विच ज्येष्ठ मातापितालाई सम्मान गरेको छ ।

ज्येष्ठ नागरिकहरुको हकहित एवम् संरक्षणकालागि सहजीकरण गर्दै आएको ज्येष्ठ नागरिक संघको वार्षिक कार्यक्रम अन्तर्गत ज्येष्ठ मातापिता सम्मान गरिएको बताइएको छ । वडास्तरीय ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सम्मानित हुनेहरुमा धर्मानन्द संग्रौला(९३), डिल्लीराम थपलिया(८९), कपिलमुनी भुुजेल(८६), लक्ष्मीमाया मगर(८५), टिकाराम निरौला(८०), हर्कमाया विशुङ्खे(७९), नरमाया काफ्ले(७८), टिकामाया पाचकोटी(७७), टेकवहादुर शिवाकोटी(७६), बच्चु पाचकोटी(७६), डिल्लीराम भुजेल(७६), बासुदेव शिवाकोटी(७६) रहेका छन् ।

सम्मानित सवै ज्येष्ठ मातापितालाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , ज्येष्ठ नागरिक संघ कनकाई नगर अध्यक्ष पुण्यप्रसाद बाह्रकोटीले दोसल्ला ओढाएर पुष्पगुच्छा अर्पण गरेका थिए । ज्येष्ठ नागरिक संघ कनकाई ७ का अध्यक्ष धनराज खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य टिकाराम निरौलाले स्वस्ती बाचन गरेका थिए ।
सदस्य सीता ओलीले स्वागत गरेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, ज्येष्ठ नागरिक संघ कनकाई नगर अध्यक्ष पुण्यप्रसाद बाह्रकोटी, सचिव शम्भु पोखरेल, कनकाई ७ का वडाअध्यक्ष लिलावहादुर कन्दङ्वा, वडासदस्य प्रकाश शिवाकोटी, पत्रकार राम निरौला लगायतले मन्तव्य राखेका थिए ।