Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा चारवटा कृतिको एकैसाथ बिमोचन
    समाचार

    सुरुङ्गामा चारवटा कृतिको एकैसाथ बिमोचन

    ramBy ram२०७५ फाल्गुन ४, शनिबार १५:५७ गते2 Mins Read

     

       

      सुरुङ्गा / झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा शनिवार सम्पन्न पुस्तक लोकार्पण तथा साहित्य गोष्ठी कार्यक्रममा चारवटा कृतिको विमोचन भएको छ ।
    कनकाई नगर क्षेत्रमा क्रियाशिल साहित्यिक स्रष्टाहरुको एक मात्र संस्था कनकाई प्रतिभा प्रतिष्ठानले कनकाई माविको सभा हलमा आयोजना गरेको विशेष कार्यक्रममा एकै साथ चारवटा कृतिको विमोचन गरिएको हो । विमोचित कृतिहरुमा साहित्यकार एवम् समालोचक कोमलप्रसाद पोखरेलको ‘सजिलो कोमल गीता’, कनकाई बहुमुखी क्याम्पस सुरुंगाका सहप्राध्यापक एवम् समालोचक जीवनाथ सुवेदीको समालोचना संग्रह ‘केही समिक्षा ’, महाकाव्यकार मित्रप्रसाद दहालको कथा संग्रह ‘परिवर्तन ’ र दहालकै अर्को कृति ‘मित्र कविता कुञ्ज’ रहेका छन् । प्रत्येक कृतिको समिक्षा साहित्यकारहरु क्रमशः केशव खनाल, लिला अधिकारी, भीमप्रसाद दहाल र सुर्यप्रसाद अधिकारीले गरेका थिए ।

     

      कार्यक्रमका प्रमुख अतिथी समालोचक एवम् साहित्यकार प्राध्यापक डाक्टर गोपालप्रसाद भण्डारी, विशिष्ट अतिथी समालोचक एवम् साहित्यकार प्राज्ञ दधिराम सुवेदी, पण्डित त्रिलोचन सुवेदी, कवि एवम् बाल साहित्यकार प्राज्ञ बिवस पोखरेल, कवि एवम् साहित्यकार यज्ञराज प्रसाईँ, साहित्यकार प्राज्ञ सुभद्रा भट्टराई अर्याल र आख्यानकार तेजराज खतिवडा लगायतले चारवटै कृतिको लोकार्पण गरेका हुन् ।

      आयोजक संस्था कनकाई प्रतिभा प्रतिष्ठानका जेष्ठ सदस्य गोविन्दप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागी स्रष्टाहरु मध्ये समालोचक एवम् साहित्यकार प्राज्ञ दधिराज सुवेदी, भारत शिलिगुडीका साहित्यकार लोकनाथ उपाध्याय चापागाईं, समालोचक एवम साहित्यकार कोमलप्रसाद पोखरेल लगायतले मन्तव्य राखेको कार्यक्रममा कवि तथा साहित्यकारहरु बिवस पोखरेल, सुभद्रा अर्याल, छवि बैरागी घिमिरे, लक्ष्मी ढुङ्गाना, मीना अधिकारी, देवीचरण भण्डारी, शिब अधिकारी, बिरही अधिकारी, दिलिप घिमिरे लगायतले कविता एवम् गजल प्रस्तुत गरेका थिए । भारतको शिलिगुडी, धरान, विराटनगर लगायतका स्थानवाट समेत साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा संस्थाका सचिव जीवनाथ सुवेदीले स्वागत तथा संचालन प्रेम प्रभात न्यौपानेले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.