विराटनगर \ नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नं १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् । संस्थापन पक्षका थापाले दुई मतले संस्थापन इतरका गुरुराज घिमिरेलाई पराजित गरेका हुन् ।
थापाले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको समेत समर्थन पाएका थिए । विजयी भएका थापाले ८४४ मत तथा पराजित घिमिरेले ८४२ मत पाएका छन् । प्रदेश उपसभापति पदमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ र टंकप्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी भए ।
महामन्त्रीमा संस्थापन पक्षका भुपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापाले ८२३ मत प्राप्त गरी विजयी भए । सहमहामन्त्रीमा खड्ग फागो, बिनोद बस्नेत र प्रमिला गच्छदार विजयी भए । प्रदेशको अधिवेशनमा कुल १ हजार ७५२ मत खसेको थियो।
अन्तिम मत परिणाम
सभापति
उद्दव थापा ८४४ मत (विजयी)
गुरुराज घिमिरे ८४२ मत
उपसभापति
गोबिन्द प्रसाद ढुंगाना (७६५)
टंक प्रसाद राई (८४७)
रमेशजंग रायमाझी (८९१)
विश्वनाथ रिजाल (६६९)
महामन्त्री
उमेश थापा (८२३)
दिपन कुमार श्रेष्ठ (७६४)
पदम सुन्दर पालुङ्गवा (८०७)
भुपेन्द्र राई (८२४)
सहमहामन्त्री
प्रमिला गछदार (८३७)
सीता कार्की (७३३)
सहमहामन्त्री
खड्ग फागो (१०२६)
रोहित कुमार शाह (६६५)
बिनोद कुमार बस्नेत (७४७)
विरकाजी राई (६४७)
शुभचन्द्र राई (८४)