Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मेची सहकारीको शेयर पुँजी ३३ करोड, सुरुङ्गामा समेत सेवा विस्तार
    समाचार

    मेची सहकारीको शेयर पुँजी ३३ करोड, सुरुङ्गामा समेत सेवा विस्तार

    कनकाई खबरBy कनकाई खबर२०७८ मंसिर १९, आईतवार ०२:३१ गते3 Mins Read

    राम निरौला,
    कनकाई खबर / झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्येश्यीय सहकारी संस्था लि.ले कनकाई सेवा कार्यालय उद्घाटनसँगै सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    सुरुङ्गास्थित कनकाई सेवा कार्यालय भवनमा सम्पन्न कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाले एक विशेष समारोहका विच कार्यालय भवन उद्घाटन गरेका थिए । कार्यालय भवन उद्घाटन गर्दै वडाअध्यक्ष चिमरीयाले बन्द निषेधित शान्ती क्षेत्रका रुपमा स्थापित सुरुङ्गा बजार बित्तिय कारोबारकालागि उर्वर क्षेत्र भएको भन्दै मेची सहकारीलाई कनकाई नगरीमा स्वागत गरेका थिए ।

    चार महिना अघि मात्र भदौ ५ गतेदेखि कनकाई सेवा कार्यालयका रुपमा सुरुङ्गाबाट सेवा सुरु गरेको मेची सहकारी कनकाई सेवा केन्द्रमा १५६ जना शेयर सदस्य रहेको सेवा केन्द्रका प्रमुख चिरञ्जिवी संग्रौलाले जानकारी दिए । चार महिनाको अवधिमा १३ लाख, ३५ हजार, शेयर पुँजी बनाउँन सफल भएको कनकाई सेवा केन्द्रको हाल सम्मको वासलात करिब एक करोड पुगेको कनकाई सेवा केन्द्रका प्रमुख संग्रौलाले बताएका छन् । त्यस्तै ६७ लाख, ६४ हजार बराबरको कर्जा लगानी गरिसकेको मेची सहकारीको कनकाई सेवा केन्द्रमा ६६ लाख ९४ हजार ५ सय रुपैंया बचतमा रहेको बताइएको छ ।

    सोही अवसरमा स्थानीय युुवा व्यवसायी डिल्लीराम बाह्रकोटीको संयोजकत्वमा ७ सदस्यीय सेवा केन्द्र व्यवस्थापन उपसमिति गठन गरिएको संस्थाका संचालक सदस्य नरपति पाण्डेले जानकारी दिएका छन् । समितिका सदस्यहरुमा डिल्लीराम पाठक, बिनोद भट्टराई, दिनेश मैनाली, बिमला ओझा, कुमारी भुर्तेल र देवीप्रसाद प्रसाईँ रहेको संचालक सदस्य पाण्डेले जानकारी दिए ।

    आजभन्दा २५ वर्ष अगाडी २९ जना सदस्यहरुको रु.१ लाख ४५ हजार शेयर पुँजीबाट संचालनमा आएको मेची सहकारीमा हाल १० हजार, ४ सय, ९७ शेयर सदस्य रहेको बताइएको छ । समग्र संस्थाको हालसम्मको वासलात ३ अरब, २६ करोड, ७२ लाख, ८७ हजार,४ सय ८६ रहेको समेत संचालक सदस्य नरपति पाण्डेले जानकारी दिए ।

    कनकाई सेवा कार्यालय भवन उद्घाटनसँगै सम्पन्न सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रममा मेची सहकारी संस्थाको परिचय गराउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले संस्थाको हालसम्मको शेयर पुँजी ३२ करोड ९५ लाख ७९ हजार एकसय रहेको बताए । त्यस्तै संस्थाको विभिन्न कोषमा १५ करोड, १८ लाख, ४ हजार, ५ सय ९ रुपैंया रहेको समेत बताइएको छ । कर्जा लगानी तर्फ २ अरब, ७७ करोड, १९ लाख,२१ हजार ४ सय ८२ रहेको बताइएको छ । निक्षेप तर्फ समेत संस्थाको २ अरब, ७ करोड,५९ लाख, ९१ हजार, ५ सय ४७ रहेको बताइएको छ ।

    कार्यक्रममा कार्यकारी प्रमुख बगालेले बचत के हो, कसरी गर्नेजस्ता विषयमा सहभागीहरुलाई जानकारी दिँदै संस्थाले सहकारीको माध्यमबाट वित्तीय कारोबारसँगै सामाजिक गतिविधि समेत गर्दै आएको बताए । संस्थाले आफ्ना कामहरु व्यवस्थित गर्न २१ वटा नीति बनाएर कार्यान्वयनमा लगिसकेको र अब ५ वटा थपिँदै गरेको उनको भनाई छ । संस्थाले २५ वर्षे व्यवसायिक योजना बनाएर लक्ष्य प्राप्ति गरिसकेको जानकारी दिँदै कार्यकारी प्रमुख बगालेले अब १० वर्षे रणनीतिक योजनाअनुसार कार्यान्वयनमा जाने जानकारी दिए ।

    बचत आजकालागि मात्र नभई जीवनको उत्तरार्धकालागी समेत भएको प्रष्ट पार्दै संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बचत गर्ने बानी अनिवार्य साथै अतिआवश्यक रहेको बताएका छन् । अध्यक्ष भट्टराईको सभापतित्व रहेको कार्यक्रममा उपाध्यक्ष शान्ता डाँगीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको संचालन शिक्षा तालिम उपसमिति संयोजक लक्ष्मीप्रसाद दहालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.