Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगर बालसञ्जालको अध्यक्षमा अभिशेक
    समाचार

    कनकाई नगर बालसञ्जालको अध्यक्षमा अभिशेक

    कनकाई खबरBy कनकाई खबर२०७८ मंसिर १७, शुक्रबार ०२:२९ गते2 Mins Read

    कनकाई खबर / ‘समृद्ध कनकाई हाम्रो पहिचान, बालमैत्री नगर हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अघि बढेको कनकाई नगर बाल सञ्जालको चौथो साधारण सभा सम्पन्न भएको छ ।

    साधारण सभाले आगामी कार्यकालकालागि अभिशेक मिश्रको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा नविन आचार्य, सचिवमा सार्थक निरौला, सहिसचिवमा अंकिता दहाल, कोषाध्यक्षमा गंगा दहाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः आरुष श्रेष्ठ, सविता मल्लिक, संतोष अधिकारी,सौगात गिरी, अभिशेक बुढाथोकी, अनुप भट्टराई र उत्सव बारकोटी रहेका छन् । थप २ जना मनोनित गरी १५ सदस्यीय नगर बाल सञ्जाललाई पूर्णता दिने बताइएको छ ।

    सर्वसम्मत समिति निर्माण गर्न कनकाई नगरपालिकाका वालकल्याण अधिकारी उमानाथ ढकालको संयोजकत्वमा नगर बाल सञ्जालकी पूर्व अध्यक्ष सारिका गिरी र पत्रकार सरोज पौडेल सदस्य रहेको अध्यक्ष मण्डलले भूमिका खेलेको बताइएको छ । सरुङ्गास्थित होटल डिलाइटको सभा हलमा सम्पन्न कार्यक्रममा बालसञ्जाललाई सहयोग गर्ने विभिन्न व्यक्तित्व एवम् संस्थालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष खेमराज चापागाईँले संस्थाको प्रगतिप्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै ५ लाख बराबरको कोषाध्यक्षको प्रतिवेदन अविशेक मिश्रले प्रस्तुत गरेका थिए ।

    अध्यक्ष चापागाईँको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता एवम् वडा नं.४का वडाअध्यक्ष गोविन्द पौडेल, कनकाई नगरपालिकाका शिक्षा शाखा अधिकृत पिताम्बर गौतम, कनकाई नगर प्याव्सनका अध्यक्ष विनोद सुव्वा, समाजसेवी ओम पाठक, कनकाई विर्ता अर्जुन नविकरणीय उर्जाका प्रवन्ध निर्देशक दिपक चापागाई, रामधुनी नगर बाल सञ्जालका अध्यक्ष सुगम झा, कनकाई नगर बाल सञ्जालकी पूर्व अध्यक्ष सारिका गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नवनियुक्त सचिव सार्थक निरौलाले बाल क्लवसँग सम्बन्धित आफ्नो अनुभव प्रस्तुत गर्दै कुनै पनि जिम्मेवारीले मानिसलाई परिपक्व बनाउँने विचार व्यक्त गरेका थिए । बालबालिकाका लागि एउटा प्लेट फर्मका रुपमा रहेको बालक्लवले बालबालिकामा अन्तरनिहित क्षमताको विकास गर्दै बालमैत्री शुसासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले सबै बालबालिकालाई एक आपसमा संगठित हुन समेत सचिव निरौलाले अनुरोध गरेका छन् ।

    बाल सञ्जालका सदस्य अनुप भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन सचिव प्रतिमा आचार्य र अविशेक मिश्रले गरेका थिए । कार्यक्रममा विभिन्न सांगितीक प्रस्तुतीले थप मनोरन्ज समेत प्रदान गरेको सचिव सार्थक निरौलाले जनाएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.