कनकाई खबर \ दिलमाया स्मृत्ति कप २०७८ को दोस्रो चरणको सुपर आठ फुटबल प्रतियोगिता यहि मंसिर १७ गतेदेखि संचालन हुने भएको छ ।
माननीय एलपी साँबा लिम्बूकी ममतामयी माता स्व.दिलमाया लिम्बूको स्मृत्तिमा वुद्धिमान साँवा लिम्बू साथै परिवारका तर्फबाट प्रायोजन गरीएको प्रतियोगिता मंसिर २५ गते समापन हुने भएको छ । झापा क्षेत्र नम्बर ४ स्तरीय फुटबल प्रतियोगिताको यसअघि मंसिर १८ गतेदेखि दुधेस्थित रङ्गशालामा हुने भनिएपनि प्राविधिक कारणले सोही स्थानमा हुने गरी खेल एक दिन अगाडि सारिएको मुल आयोजक समिति नेपाल खेलकुद महासंघका खेल संयोजक सुनिल भेट्वालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन संविधानसभाका सभामुख सुबास नेम्बाङ्बाट हुने तयारी भएको संयोजक भेट्वालले जानकारी दिए ।
खेलमा कनकाईको वडा नं.५ र ६, झापा गाउँपालिकाको वडा नं.६ र ७, शिवसताक्षीको वडा नं.२, १० र ११ साथै गौरादहको वडा नं.९ ले सहभागिता जनाउँने भएका छन् । उद्घाटन खेल शिवसताक्षी ११ र झापा गाउँपालिका ७ विच हुने भएको छ । प्रतियोगिता उद्घाटनका अवसरमा सुपर ८ को सवै टिमले मार्चपास गर्ने जनाइएको छ ।
यसअघि झापा क्षेत्र नम्बर ४ का २८ वडाबाट प्रतिगोगितात्मक छनौट खेल गरि उत्कृष्ट ८ टिमको छनौट गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख २५ हजार र दोस्रो हुने टिमले १ लाख २५ हजार रुपैँया पाउने बताइएको छ ।