Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कट्टेललाई पराजित गर्दै कांग्रेस झापाको सभापतिमा देउमान थेवे निर्वाचित
    राजनीति

    कट्टेललाई पराजित गर्दै कांग्रेस झापाको सभापतिमा देउमान थेवे निर्वाचित

    कनकाई खबरBy कनकाई खबर२०७८ मंसिर १२, आईतवार १३:१२ गते2 Mins Read

    कनकाई खबर / नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे आफ्नो प्यानलसहित निर्वाचित भएका छन् । थेवेले २ सय ५० मतान्तरले सभापति पदका उम्मेदवार रामबहादुर कट्टेललाई पराजित गरेका हुन् ।

    कांग्रेस झापाको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा १ हजार ७ सय ६५ मत प्राप्त गरी थेवे सभापतिमा निर्वाचित भएका हुन् । यसअघि पार्टीको जिल्ला उपसभापति, महासमिति सदस्यसहित विभिन्न तहको नेतृत्वमा रहेर सफलतापूर्वक पार्टीको जिम्मेवारी सम्हालिसकेका हक्की स्वभावका थेवे एक प्रष्ट बक्ताका रुपमा चिनिन्छन् । सभापति पदका प्रत्यासी कट्टेलले १ हजार ५ सय १५ मत प्राप्त गरेका थिए ।

    त्यस्तै उपसभापतिमा थेवे प्यानलकै शेरबहादुर भट्टराई १हजार ६ सय ७४, केशवराज पाण्डे १हजार ८ सय ८९ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनीहरुका प्रतिष्पर्धी कट्टेल प्यानलका प्रेम सम्बाहाम्फेले १ हजार ४ सय १५, शमशेर गिरीले १ हजार २ सय २१मत प्राप्त गरे ।

    यस्तै सचिवमा थेवे प्यानलकै नविन विमली १ हजार ८ सय ३८ र कृष्ण हुँमागाईले १ हजार ६ सय ७६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धी कट्टेल प्यानलका विश्वदीप लिङ्देनले १ हजार ४ सय ३१ मत र टोमलाल राजबंशीले १ हजार ३ सय १५ मत प्राप्त गरेका छन् ।

    त्यस्तै सहसचिवमा थेवे प्यानलका कमलप्रसाद भण्डारीले १ हजार ७ सय ६० र कालेन्द्र राजवंशीले १ हजार ७ सय ६५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धी कट्टेल प्यानलका पदम लिम्बूले १हजार ३ सय ४७ मत र उमाराम प्रसाईले १हजार ३ सय ३७ मत प्राप्त गरेका छन् । सुक्रबार भएको निर्वाचनमा ३ हजार ३ सय ११ मत खसेको थियो ।

    दुईवटा प्यानल खडा गरी भएको निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको प्यानलबाट थेवे र युवा नेता विश्वप्रकाश शर्माको प्यानलबाट कट्टेललाई उम्मेद्वार बनाइएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.