Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोना संक्रमणबाट निधन भएका नगरबासीलाई राहत रकम हस्तान्तरण
    समाचार

    कोरोना संक्रमणबाट निधन भएका नगरबासीलाई राहत रकम हस्तान्तरण

    कनकाई खबरBy कनकाई खबर२०७८ मंसिर ८, बुधबार १६:०० गते2 Mins Read

    कनकाई खबर \ कोरोना संक्रमणबाट निधन भएका नगरवासीलाई कनकाई नगरपालिकाले राहत स्वरुप सहयोग रकम हस्तान्तरण गरेको छ ।

    नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा बजेटमै समावेश गरेर कोरोना संक्रमणबाट निधन भएका परिवारका सदस्यलाई राहत स्वरुप रु.२० हजार नगद सहयोग गरेको हो । केही दिन अघि राहत रकम हस्तान्तरका विषयमा नगरपालिकाले सूचना जारी गरेपछि सम्पर्कमा आउँने मृतक परिवारका सदस्यलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले राहत रकम हस्तान्तरण गरेका हुन् ।

    पहिलो चरणमा सम्पर्कमा आएर राहत रकम ग्रहण गर्नेमा कनकाई ३ स्थायी ठेगाना भएका तारानाथ पाठक रहेका छन् । उनकी श्रीमति सीताकुमारी पाठकको कोरोनाका कारण निधन भएको थियो । त्यस्तै कनकाई ४ निवासी मृतक नन्दलाल भेट्वाल र यमुना भेट्वालका नाती बासुदेव भेट्वालले दुवैजना मृतकको राहत रकम ग्रहण गरेका छन् ।

    कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा नगरपालिकालाई जानकारी भएसम्म कनकाईमा ४३ जनाको निधन भएको नगर स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिएका छन् । राहत रकमकालागि सम्बन्धित परिवारलाई पत्राचार गरिसकिएको भएपनि माग अनुसारका आवश्यक कागजात अपुग हुँदा समस्या हुने गरेकाले कागजात पूरा गरेर मात्र नगरपालिकामा आउँन सम्बन्धित परिवारलाई जनस्वास्थ्य निरीक्षक अधिकारीले अनुरोध गरेका छन् । राहत रकम प्राप्त गर्नकालागि सम्बन्धित व्यक्तिको पिसिआर तथा एन्टीजेन रिपोर्ट, अस्पतालले दिएको मृतकको कागज, मृत्यु दर्ता प्रमाण पत्र, वडा कार्यालयको सिफारीस, नाता प्रमाणित भएको कागजात लगायतका प्रमाणहरु आवश्यक पर्ने जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.