Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा मन्त्रालयको सर्कुलरका विषयमा कर्मचारी आक्रोषित
    राजनीति

    कनकाईमा मन्त्रालयको सर्कुलरका विषयमा कर्मचारी आक्रोषित

    ramBy ram२०७५ फाल्गुन ३, शुक्रबार ०८:०९ गते3 Mins Read

    कनकाई खबर डेक्स \ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट आएको सर्कुलरका विषयमा असन्तुष्टी जाहेर गर्दै कनकाई नगरपालिकाको कार्यालयमा कर्मचारी र जनप्रतिनिधीहरुले एक घण्टा सेवा अवरुद्ध गरेका छन् ।

      नगरका सवै कर्मचारी र वडाअध्यक्षहरु आफ्नो कार्यकक्षवाट वाहिरिएपछि एक घण्टासम्म कामकाज ठप्प भएको हो । जनप्रतिनिधीसहित आक्रोसीत भएका कर्मचारीहरुले प्रमुख प्रशाकीय अधिकृत गणेशप्रसाद बरालको कार्यकक्ष अगाडी ढोकासम्म आएर होहल्ला गर्दै अधिकृत वरालको विरुद्धमा चर्को आवाज उठाउँन थालेपछि नगरप्रमुख राजेन्द्र पोखरेलले आफ्नो कार्यकक्षवाट आएर स्थितीलाई सामान्य वनाएका थिए ।

       नगर प्रमुख पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ र वडाअध्यक्षहरु साथै अन्य जनप्रतिनिधीहरु कसैलाई पनि जानकारी नगराईकन प्रमुख प्रशासकीय अधिकृत बरालले कार्यालयमा करारमा कार्यरत पाँचजना कर्मचारीहरुलाई सेवावाट विदा दिने गरिको ठाडो निर्देशन गरेको भन्दै जनप्रतिनीधीहरु र नगरका कर्मचारीहरुले आक्रोश पोखेका हुन् । मन्त्रालयवाट आएको सर्कुलरका विषयमा स्थानीय सरकार प्रमुखलाई समेत प्रष्ट रुपमा जानकारी नभएको भन्दै नगर प्रमुख पोखरेलले समस्या कनकाईको मात्र नभएर मुलुकभरीकै भएकाले यथार्थ कुरा बाहिर नआउँन्जेल तत्कालका लागि आआफ्नो जिम्मेवारी सम्हाल्न सवै कर्मचारीलाई अनुरोध गरेपछि अवस्था सामान्य बनेको हो ।

      प्रमुख प्रशासकीय अधिकृत बरालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट मासिक डोर र ज्यालादारीका कर्मचारीहरुको सम्वन्धमा स्थानीय तहलाई आएको सर्कुलर अनुसार कनकाई नगरपालिकामा करारमा कार्यरत कर्मचारीहरुलाई निर्देशन गरेको वताए । करारमा रहेका कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने कुरा मन्त्रालयवाट सर्कुलर आएअनुसार सोही अनुरुप कार्यन्वयन तर्फ जानुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत बरालले प्रष्ट पारेका थिए । कनकाई नगरपालिकामा करार कर्मचारीका रुपमा उमानाथ ढकाल, डिल्लीराम विक, देवका पौडेल, संगीता पौडेल र रुपा वस्नेत लामो समयदेखी कार्यरत छन् ।

       नेपाल सरकारले नयाँ दरबन्दी स्वीकृत गरिसकेकाले विभिन्न स्थानीय तहहरुमा उक्त स्वीकृत दरवन्दी बमोजीमका पदहरु बाहेक अन्य पदहरुमा पनि कर्मचारीहरुले करारमा सेवा दिइरहेका छन् । अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५।१०। ८ मा गरेको निर्णय अनुसार स्वीकृत दरवन्दी भन्दा बाहेक अन्य विभिन्न पदहरुमा कर्मचारी राखी तलव, भत्ता वा पारिश्रमिक भुक्तानी गर्न नमिल्ने, यस्तो कार्य प्रचलित कानून विपरित भई बेरुजु कायम हुने हुँदा बेरुजु भएको उक्त रकम भुक्तानी गर्ने पदाधिकारीवाट असुल उपर हुने व्यहोराको सर्कुलर आएको हुँदा सम्वन्धित कर्मचारीहरुलाई सोही बमोजीमको जानकारी गराएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद बरालले वताएका छन् ।

       सम्वन्धीत कर्मचारीहरुलाई मन्त्रालयवाट आएको सर्कुलरका वारेमा जानकारी गराएको विषयमा आक्रोशित वनेका केही जनप्रतिनिधी र कर्मचारीहरुप्रति दुःख व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत बरालले राज्यको निति नियम र कानुनको दायराभित्र रहेर चल्नु पर्ने आँफ्नो जिम्मेवारीलाई पूरा गर्न कुनै कन्चुस्याईँ नगर्ने प्रष्ट पारेका छन् ।
    प्रमुख प्रशासकीय अधिकृत बरालले स्थनीय तहका जनप्रतिनिधी र सवै तहका कर्मचारीका विषयमा आँफू सर्धै सकारात्मक रहेको वताउँदै सवै कुरा राज्यको कानुन अनुसार कार्यान्वयन हुने हुँदा सोही अनुरुप प्रष्ट हुन सम्वन्धित सवैलाई अनुरोध गरेका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.