Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा नेपाल साकोसद्वारा कोभिड सहायता रकम हस्तान्तरण साथै कर्जा मिनाहा
    समाचार

    सहारा नेपाल साकोसद्वारा कोभिड सहायता रकम हस्तान्तरण साथै कर्जा मिनाहा

    कनकाई खबरBy कनकाई खबर२०७८ मंसिर ८, बुधबार १३:४९ गते3 Mins Read

    कनकाई खबर / सहारा नेपाल साकोस सेवा केन्द्र ईलामले कोरोना संक्रमणको दोश्रो भेरियन्टबाट संक्रमित भएका आफ्ना शेयर सदस्यहरुलाई घरघरमा पुगेर तत्कालिन स्वास्थ्य अवस्था बुझ्नुका साथै खाद्य सामाग्री वितरण गरेको छ ।

    विरामीको मनोबल उच्च बनाउने कार्यमा अग्रसर भई आफ्ना सदस्यहरुलाई सेवाकेन्द्रमा कार्यरत कर्मचारीहरु बलराम दाहाल,सम्झना गुरु∙ तथा सरस्वती कार्कीले घरघरमा नै गएर मास्क, मह,काजु,किसमिस,औषधि लगायतका पौष्टिक आहार यस अघि नै निशुल्क वितरण गरीसकेको बताइएको छ । संस्थाले हाल संक्रमित सदस्यहरुलाई थप पौष्टिक आहार सेवन गर्नकालागि नगद रकम समूहका तीन जना सदस्यहरुलाई हस्तान्तरण गरेको छ ।

    सेवा केन्द्र ईलामको कार्यालयमा ईलाम नगरपालिका सहकारी प्रशासन शाखाका अधिकृत कमल वहादुर भण्डारीको प्रमुख आतिथ्यता र गोलवस्ती सहारा महिला समूहकी अध्यक्ष उर्मिला वेघाज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा उद्योग वाणिज्य संघ ईलामका कार्यकारी सचिव नविन लामिछाने, पत्रकार महासंघ ईलामका जिल्ला अध्यक्ष विप्लव भट्टराई तथा सहारा नेपाल साकोस लि.ईलाम अनुगमन अधिकृत तोयानाथ आचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा ईलाम न.पा गडिस्थित समूह सदस्य बुद्धमाया सोङमी, लालिगुराँस टोल स्थित गुना कुमारी चौहान,कुलधारा स्थित राधिका राईलाई कोभिड सहायता रकम जनहि रु. ७०००का दरले मंगलबार एक कार्यक्रमका विच वितरण गरिएको सेवा केन्द्र ईलामका प्रमुुख केपी लुइटेलले बताएका छन् ।

    संस्थामा आबद्ध सदस्यहरुमा गत ०७६ श्रावण देखि कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत कर्जा लिएर किस्ता तिर्ने क्रममा स्वयं सदस्य वा पतिको निधन भएमा सम्पूर्ण कर्जा मिनाहा गर्ने कार्यक्रम, सदस्य प्रसुती भएमा,हातखुट्टा भाचिएमा,घर आगलागि भएमा,सर्पदंश वा कुकुर तथा विषालु जंगली जनावरको टोकाईबाट उपचार गर्नुपरेमा ,घातक रोग लागि उपचार गर्नुपर्दा वा अप्रेशन गर्नुपर्दा समेत विभिन्न सुविधाहरु उपलब्ध गराउदै आएकोमा ईलाम सेवाकेन्द्रको तर्फबाट यस अघि नै रु.३ हजार मूल्य बराबरका पोषण सामग्री वितरण गरिएको बताइएको छ ।

    हालसम्म ३५ जना भन्दा बढी सदस्यहरुलाई सहयोग सामाग्री वितरण गरिसकेको बताइएको छ । गत श्रावणमा कोरोना संक्रमणका कारण दिव∙त भएकी समूह नं. ०५० कि सदस्य स्व. कल्पना रिमालप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्दै उनले संस्थाबाट लिएको रु.५० हजार कर्जा समेत मिनाहा गरीएको बताइएको छ । उनकै छोरी स्मृती राईलाई समेत चेक हस्तान्तरण गरिएको समूह नं०४७ कि सदस्य दुर्गादेवी ढकाललाई प्रसुती स्याहार वापत को रु. २ हजार सुविधा रकम हस्तान्तरण गरिएको सेवा केन्द्र प्रमुख के.पी. लुईटेलले बताए ।

    संस्थाको कार्यक्षेत्र मध्ये इलाम अनुगमन कार्यलय अन्तर्गत रहेका विभिन्न नौ वटा सेवा केन्द्र बाट सञ्चालित विभिन्न समूहमा आबद्ध तथा व्यक्तिगत सदस्यहरुलाई कोभिड सहायता रकम वितरण गरिदै आएको बताइएको छ । कोरोना संक्रमणका समयमा स्थानीय निकाय ईलाम नगरपालिकासँग समेत समन्वय गरिएको बताइएको छ । संस्थाको केन्द्रिय कार्यालय झापा को चारपानेमा स्थापित अक्सिजन बैँकबाट हाललाई झापा जिल्लाभरीका आफ्ना सदस्यहरुलाई अक्सिजन आवश्यक परेमा सेवा केन्द्रको सिफारिसमा बिना धरौटी रिफिल वापतको सामान्य शुल्क लिएर उपलब्ध गराउन थालिसिकएको ईलाम अनुगमन कार्यालय अनुगमन अधिकृत श्री तोयानाथ आचार्यले बताए ।सुविधा प्राप्त गर्ने सदस्यअरुले संस्थाले उक्त संक्रमणका बखत घरमा नै पुगेर दिएको हौसला र थप सुस्वास्थ्यको कामना गर्दै उपलब्ध गराएको कोभिड सहायता सुविधा रकमले अत्यन्तै खुशी बनाएको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा अन्य अतिथि तथा प्रमुख अतिथिज्यूहरुले संस्थाले आफना सदस्यहरुलाई पुèयाउदै आएका यस्ता सेवाहरु उदाहरणिय र स्वागतयोग्य रहेको भन्दै संस्थाको लक्ष्य उद्धेश्य प्राप्तिमा आफ्नो क्षेत्रबाट गर्न सक्ने मद्धत गर्न सदा तयार साथै सकारात्मक रहेको विचार समेत व्यक्त गरेका थिए

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.