भद्रपुर \ नेपाली काँग्रेसको झापा ३ नं. क्षेत्रको सभापतिमा गणेश पोखरेल पुनः विजयी हुनुभएको छ । पोखरेलले प्रतिद्धन्दी राजेन्द्र घिमिरेको १०८ मतका विरुद्ध ५२० मत पाएर पुनः क्षेत्रीय सभापति दोहोर्याउनु भएको हो ।
देशै भरको हिजो भएको प्रतिनिधिसभा स्तरीय क्षेत्रीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार ३ न क्षेत्रको सचिव पदमा गीता प्रसाद भट्टराइ र भूपाल वस्नेत विजयी हुनुभएको मतदान अधिकृतले जानकारी दिनुभयो ।
उँहाका अनुसार ४ महाधिवेशन प्रतिनिधिमा उर्मिला कुमारी गौतम, तारादेवी वाराकोटी, लता कार्की र शर्मिला अधिकारी तथा महाधिवेशन प्रतिनिध खस आर्यमा टिकाराज ढकाल र कृष्ण प्रसाद प्रसाइ विजयी हुनुभएको छ ।
आदिवासी जनजाति खुला महाधिवेशन प्रतिनिधिमा खडक प्रसाद राजवंशी , डम्वरसिंह सिगु र मनोज सुव्वा गौरव तथा मधेशी कोटा एकमा ओम प्रकाश सरावगी विजयी वन्नु भएको छ।
त्यसै गरी जगत वहादुर वस्नेत, दयानन्द गोश्वामी, नवीन विमली, विजय रिजाल, भगीरथ कुमार पोद्दार, भूमि प्रसाद राजवंशी, मोहन महर्जन , राम प्रसाद दुलाल, श्याम प्रसाद सिटौला र सीताराम खडकाले महाधिवेशन प्रतिनिधिको १० जनामा आफ्नो स्थान सुरक्षित गर्नुभएको छ ।
