कनकाई खबर / नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत आज मंसिर ६ गते हुने निर्वाचनमा झापा क्षेत्र नं.४ को क्षेत्रीय सभापतिमा आफ्नो उम्मेद्वारी मनोनयन गरेका जयनारायण शाहले घरदैलो अभियान पूरा भएको जनाएका छन् ।
केही दिन अघि नै एक विशेष कार्यक्रमका विच आफ्नो उम्मेद्वारी घोषणा गरेका शाहले पार्टीका अग्रज नेता साथै कार्यकर्ताको भावनाको कदर गर्दै आफ्नो उम्मेद्वारी परेकोले फेरी पनि एक पटक क्षेत्रको नेतृत्व आफ्नै काँधमा आउँनेमा आफू ढुक्क भएको बताएका छन् ।
स्थानीय सरकार प्रमुखका रुपमा झापा गाउँपालिकाको निर्वाचित अध्यक्ष समेत रहेका क्षेत्रिय सभापति पदका उम्मेद्वार शाहले पार्टीको यो निर्वाचन जितेर जनताको पक्षमा कसरी काम गर्ने भन्ने कुराको अनुभव पार्टीको विभिन्न तहमा पुर्याउँने योजनाका साथ आँफूले फेरी पनि क्षेत्र नं.४ को नेतृत्व सम्हाल्नु पर्ने आवश्यक्ता रहेको प्रष्ट पारेका छन् ।
हाल सम्म पनि शाहको नेतृत्वमा रहेको नेपाली कांग्रेस क्षेत्र नं. ४ को संगठन विस्तार र सुदृढीकरण सहज बन्दै गएको भन्दै ‘जयनारायण शाह जिताउँ अभियान’ का सदस्य सुरेन्द्र प्रधानले नयाँ योजनाका साथ पुनः एक पटक क्षेत्रको नेतृत्वकालागि जयनारायण शाहकै आवश्यक्ता खड्कीएको बताएका छन् ।
सबै राजनीतिक दल, नेता तथा कार्यकर्तासँग समन्वय, सहकार्य र सहमति गर्न सक्ने क्षमता भएकै कारण गएको स्थानीय निर्वाचनमा समेत जनताले झापा गाउँपालिकाको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको यथार्थलाई स्मरण गर्दै अभियानका सदस्य प्रधानले जयनारायण शाह जनताको सच्चा सेवक भएको बताए ।
निस्वार्थका साथ जनताको सेवा गर्ने सेवकलाई जिम्मेवारी आउँनु नौलो कुरा नभएको भन्दै नेपाली कांग्रेस झापा गाउँपालिकाका सभापति सागिरथ गणेशले निर्वाचन एउटा प्रक्रिया पू्रा गर्ने माध्यम मात्र भएकाले नेपाली कांग्रेस क्षेत्र नं.४ को नेतृत्वकालागि जयनारायण शाहको विकल्पमा अहिलेलाई कोही पनि नरहेको प्रष्ट पारेका छन् । आज हुने पार्टीको निर्वाचनले क्षेत्रीय सभापतिमा शाहलाई अत्यधिक मतका साथ विजय गराउँने कुरामा दुई मत नरहेको भन्दै नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाईँले समेत शाहको नेतृत्वमा रहेका उम्मेद्वारहरुलाई मतदान गर्न कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।