कनकाई खबर \ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल कनकाई ७ को तेस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट महेन्द्र कदन्ङवाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ । सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षद्वयमा क्रमश लोकनाथ अधिकारी र राम कुमारी पाहिम, सचिवमा गोविन्द साँवा, सहसचिवमा भावना लिम्बु र कोषाध्यक्षमा गीता चेम्जोङ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा योनिसा सावदेन, वाजुम हास्दा, सन्देश परियार, राज कुमार मेन्याङ्बो र निमा तामाङ सर्वसम्मत रुपमा चयन भएको बताइएको छ ।
बसन्त मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफ्नो कार्यकालको सांगठनिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मेन्याङ्बोले लिम्बू र लिम्बूवान शब्द जातीय वा साम्प्रदायिक नाम र शब्द नभई लिम्बूवानबासीको साझा र ऐतिहासिक रुपमा स्थापित शब्द रहेको बताएका छन् । झापा जिल्ला सदस्य प्रेम कुमार फोम्बो, पार्टीको तर्फबाट पूर्व वडा परिषदका उम्मेदवार जर्तन किस्कु, पूर्व गाविस उपाध्यक्ष ताराचन खवास, किराँतेस्वर माङ्हिमका अध्यक्ष निर्मल आङ्थुपो लगायतले आ—आफ्नो धारणा राखेका थिए । वडा सचिव महेन्द्र कन्दङ्वाले सञ्चालन गरेकोे कार्यक्रममा स्वागत मन्तब्य गोबिन्द सांवाले राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्बोले लिम्बुवान आन्दोलनलाई सशक्त बनाउँदै आगामी दिनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाललाई नेपालको हकमा एउटा उदाहरणिय पार्टी बनाउने र प्रदेशको नामांकनमा कुनै हालतमा पनि लिम्बूवान हुनुपर्ने भन्दै आन्दोलनलाई निर्णायक बनाउने अभिव्यक्ति राखेका थिए ।
मन्चका निवर्तमान अध्यक्ष मेन्याङ्वोको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा पार्टीका केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्वोको प्रमुख आतिथ्य र झापा जिल्ला अध्यक्ष धनबहादुर पन्धाकको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।