Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेष्ठ नागरिकको निशुल्क आँखा शिविर
    समाचार

    जेष्ठ नागरिकको निशुल्क आँखा शिविर

    ramBy ram२०७५ फाल्गुन १, बुधबार १४:२२ गते2 Mins Read

      दुर्गापुर / जेष्ठ नागरिक संघ कनकाई नगर समितिले एकदिवशीय निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगर वडा नं.७ तल्लो टोलस्थित जमुना उप्रेती र भानुभक्त उप्रेती साथै हरिबोधनी किर्तन भजन समूहको व्यवस्थापनमा सम्पन्न भएको आँखा शिविरवाट २१५ जना स्थानीयवासी लाभान्वीत भएको जेष्ठ नागरिक संघ वडा नं. ७ की सहसचिव सीता ओलीले वताएकी छन् ।

      शिविरमा आँखा परिक्षण गरिनुका साथै आवश्यक्ता अनुसार निशुल्क औषधी वितरण गरिएको छ भने चस्माको आवश्यक पर्ने आँखाका विरामीहरुलाई ५० प्रतिशत छुटमा चस्मा वितरण गरिएको वताइएको छ । आँखा परिक्षण गर्दा अप्रेशन गर्नु पर्ने अवस्था भएका १२ जना आँखाका विरामीहरुलाई जेष्ठ नागरिक संघको सिफारीसमा मेची आँखा अस्पतालमा निशुल्क अप्रेसनका लागि रेफर गरिएको जेष्ठ नागरिक संघ कनकाई नगर समितिका सचिव शम्भु पोखरेलले वताएका छन् ।

      निशुल्क आँखा शिविरमा मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको वताइएको छ । जेष्ठ नागरिक संघ कनकाई नगर समितिका अध्यक्ष पुण्यप्रसाद वाराकोटीको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको निशुल्क आँखा शिविरमा स्थानीय ९० वर्षिया बेदनिधी सिटौलाको आँखा परिक्षण गरेर शिविरको उद्घाटन गरिएको थियो । जेष्ठ नागरिक संघ कनकाई नगर समितिका उपाध्यक्ष गोपाल चुडालले स्वागत गरेको कार्यक्रमको उद्घाटन समारोहमा संघका वडा नं. ७ का सदस्य टिकाराम निरौलाले स्वस्तीवाचन गरेका थिए ।

      कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, वडा नं.७ का वडा अध्यक्ष लिलावहादुर कन्दङ्वा, संघका नगर सहसचिव यामनाथ सेड्याईँ, वडा नं. ७ का अध्यक्ष धनराज खड्का, वडा नं.४ का अध्यक्ष विनोद शर्मादहाल, वडा नं.३ का अध्यक्ष रघुनाथ भट्टराई लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन नगर सचिव शम्भु पोखरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.