Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कांग्रेस महाधिवेशन : कम्युनिष्टको किल्ला भएको झापामा थेवेको विकल्प नखोज्न कार्यकर्तालाई देउमानको अपिल
    राजनीति

    कांग्रेस महाधिवेशन : कम्युनिष्टको किल्ला भएको झापामा थेवेको विकल्प नखोज्न कार्यकर्तालाई देउमानको अपिल

    कनकाई खबरBy कनकाई खबर२०७८ मंसिर १, बुधबार ०१:५५ गते3 Mins Read

    कनकाई खबर / नेपाली कांग्रेसको १४ औ महाधिवेशनकालागि झापामा उम्मेद्वारी घोषणाको कार्यक्रम तिव्र रुपमा अघि बढेको छ ।

    यसै क्रममा नेपाली कांग्रेस झापाको नेतृत्व सम्हाल्न आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका जिल्ला सभापतिका उम्मेद्वार देउमान थेवेले क्षेत्र नम्बर ४ कालागि सुरुङ्गामा भएको उम्मेद्वारी घोषणा सभालाई सम्बोधन गर्दै झापा जिल्लामा कांग्रेसको नेतृत्व गर्न सजिलो नभएको भन्दै कार्यकर्ताहरुलाई देउमान थेवेको विकल्प नखोज्न अनुरोध गरेका छन् ।

    कांग्रेस नेता तथा कार्यकर्ताहरुको वाक्लो उपस्थिति रहेको कार्यक्रममा पार्टीका जिल्ला सभापतिका उम्मेद्वार थेवेले निवर्तमान प्रधानमन्त्री समेतको गृह जिल्ला झापा कम्युनिष्टहरुको किल्ला भएकाले यहाँ धेरै संघर्ष गर्नु पर्ने भन्दै आफूमात्रै सभापति हाक्न सक्ने सक्षम उम्मेद्वार भएको दावी गरे ।

    आफूले चुनाव जितेमा झापाका सबै पालिका र पाँचवटै निर्वाचन क्षेत्र साथै १ सय ३१ वडाको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई बिजयी गराउन आँफ्नो भूमिका महत्वपूर्ण रहने भन्दै थेवेले झापामा कम्युनिष्टहरुको किल्ला तोड्न आफ्नो विकल्प नरहेको बताएका छन् ।

    नेपाली कांग्रेस कनकाईको १ देखि ५ नम्बर सम्मको वडाले सुरुङ्गास्थित जेसिज भवनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा उम्मेद्वार घोषणा कार्यक्रममा क्षेत्रिय सभापतिमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह सहित झापा क्षेत्र नम्बर ४(क) बाट विनोद ढकाल र ४ (ख) बाट जामुनवारी सामुदायिक वन समूहका अध्यक्ष समेत रहेका ख्यामराज सिटौलाले आआफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

    नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाईले गरेको उम्मेद्वार प्रस्तावमा पार्टीका पूर्व जिल्ला सचिव भक्ति सिटौला तथा कांग्रेसका नवनिर्वाचित पालिका सभापतिहरु शिवसताक्षीका अशोक वस्नेत, झापा गाउँपालिकाका सागिरथ गणेश र गौरीगंञ्ज गाउँपालिकाका पार्टी सभापतिको समेत समर्थनमा उम्मेद्वारी घोषणा गरिएको हो ।

    कार्यक्रममा आफ्नो उम्मेद्वारी घोषणा गर्दै झापा गाउँपालिकाका निर्वाचित अध्यक्ष समेत रहेका क्षेत्रिय सभापति पदका उम्मेद्वार जयनारायण शाहले हाल सम्म पनि आफ्नो नेतृत्वमा रहेको पार्टीको संगठन विस्तार र सुदृढीकरण सहज बन्दै गएकाले पार्टीका अग्रज नेता तथा कार्यकर्ताहरुको ईच्छा अनुसार फेरी पनि क्षेत्रिय सभापतिकालागि आँफूले उम्मेद्वारी दिएको बताएका छन् ।

    सबै राजनीतिक दल, नेता तथा कार्यकर्तासँग समन्वय, सहकार्य र सहमति गर्न सक्ने क्षमता भएकै कारण गएको स्थानीय निर्वाचनमा झापा गाउँपालिकाको नेतृत्व सम्हाल्न सफल भएको भन्दै क्षेत्रिय सभापति पदका उम्मेद्वार शाहले गाउँपालिका क्षेत्रमा हाल सम्ममा ५२ किलोमिटर भन्दा बढी कालोपत्रे बाटो निर्माण गरी नमुना स्थानिय तह बनाउन आँफू सफल भएको दावी गरे । यी र यस्तै विकास निर्माणका अन्य थुप्रै कार्यबाट जनताको मन जित्न सफल भएकै कारण पार्टीको यो निर्वाचन जितेर जनताको पक्षमा कसरी काम गर्ने भन्ने कुराको अनुभव पार्टीको विभिन्न तहमा पुर्याउँने योजनाका साथ आँफूले फेरी पनि नेपाली कांग्रेस क्षेत्र नं.४ को नेतृत्व सम्हाल्नु पर्ने आवश्य क्ता रहेको नेता शाहले प्रष्ट पारेका छन् ।

    त्यस्तै आफ्नो उम्मेद्वारी घोषणा गर्दै झापा क्षेत्र नं. ४ (ख) को क्षेत्रिय सभापतिका उम्मेद्वारा ख्यामराज सिटौलाले कम्युनिष्टले जित्दै आएको पूर्वकै ऐतिहासिक जामुनखाडी सामुदायिक वन समूहमा निर्वाचन जितेर नयाँ सन्देश दिएको साथै कांग्रेसको राजनीतिमा विद्यार्थी जिवनदेखि तरुण दल हँुदै नेपाल शिक्षक संघको जिल्ला समितिमा समेत वसेर काम गरिसकेको अनुभवका आधारमा पार्टीका अग्रज नेता तथा कार्यकर्ताहरुको चाहानालाई सम्बोधन गर्दै अब पार्टीको क्षेत्रिय सभापति हाँक्नकालागि क्षेत्र नं.४ (ख) बाट आँफूले उम्मेद्वारी घोष्णा गरेको बताएका छन् ।

    त्यस्तै क्षेत्रिय सभापति झापा ४ (क) का उम्मेद्वार विनोद ढकालले समेत आफू कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको स्ववियु सभापति लगायतका विभिन्न पार्टी विभाग र विद्यार्थी संगठन शिवसताक्षी नगरपालिकाको पार्टीको सहसभापतिको जिम्मेवारीमा बसेर काम गरिसकेको अनुभवका आधारमा हाल आँफूले उम्मेद्वारी घोषणा गरेको बताएका छन् ।
    नेपाली कांग्रेस कनकाई ३ का वडासभापति तुलसी बिमलीको सभापतित्व रहेको कार्यक्रमको संचालन नगर सचिव रेणु कडेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.