Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कांग्रेस झापाको महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक
    राजनीति

    कांग्रेस झापाको महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक ३०, मंगलवार १५:१५ गते3 Mins Read

    झापा \  नेपाली कांग्रेस झापाले आसन्न १४औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन स्थल चयन गरे को छ ।


    नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा आज सम्पन्न कार्यसमिति, क्षेत्रीय एवम् प्रदेश क्षेत्रीय सभापति र गाउँ÷नगर सभापति र निर्वाचन समिति संयोजक एवम् सदस्यहरु सहभागी संयुक्त बैठकले प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको कार्यतालिका र निर्वाचन स्थल चयन गरेको हो । यही मंसिर ३ गते हुने प्रदेशसभा निर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता लगायतका प्रक्रिया पुरा गरिनेछ ।

    मंसिर २ गते ८ बजे मतदाता नामावली प्रकाशन, ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावली सच्याउने, विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेद्वारी दर्ता, १२ बजेदेखि १ बजेसम्म उम्मेद्वारमाथि दावी विरोध, १ ः ४० देखि २ः ४० बजेसम्म उम्मेद्वारी फिर्ता र ३ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

    मंसिर ३ गते विहान ८ बजेदेखि १ बजेसम्म मतदान र मतदान सम्पन्न भएपछि मतगणना गरिने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले जानकारी दिए ।

    प्रदेश क्षेत्रीय निर्वाचनका लागि झापा क्षेत्र नं १ (क) मा काँकरभिटा सामुदायिक बनको भवन, ख का लागि हातेमालो सामुदायिक बन समितिको भवन, झापा क्षेत्र नं–२ प्रदेश क का लागि अनारमनी पब्लिक क्याम्पस विर्ताबजार, ख का लागि ने.का. अर्जुनधारा नगर समितिको कार्यालय, झापा क्षेत्र नं–३ प्रदेश क का लागि ने.कां भद्रपुर २ नं वडा कार्यालय पृथ्वीनगर, ३ (ख) का लागि रामजानकी मन्दिर गोल्धाप, हल्दिबारी–१, झापा क्षेत्र नं ४ क को उद्योग बाणिज्य संघ सुरुङ्गा, ख को दुधे मा.वि., र झापा क्षेत्र नं–५ क मा गौरादह कृषि क्याम्पस र ख का लागि नेपाली कांग्रेस दम नगर समितिको कार्यालयलाई निर्वाचन स्थल तय गरिएको छ ।

    यसैगरी मंसिर ६ का लागि तय गरिएको क्षेत्रीय निर्वाचनका लागि मंसिर ५ गते निर्वाचन पूर्वतयारीका कार्यक्रम पूरा हुनेछन् ।

    जस अन्तरगत मंसिर ५ गते विहान ८ बजे मतदाता नामावली प्रकाशन, ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावली सच्याउने, विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेद्वारी दर्ता, १२ बजेदेखि १ बजेसम्म उम्मेद्वारमाथि दावी विरोध, १ ः ४० देखि २ः ४० बजेसम्म उम्मेद्वारी फिर्ता र ३ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ । यसैगरी मंसिर ६ गते विहान ८ बजेदेखि १ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ भने मतदान सम्पन्न भएपछि मतगणना गरिने जनाइएको छ ।

    झापाका पाँचवटा क्षेत्रमध्ये झापा क्षेत्र नं–१ मा टाउन हल धुलाबारी, क्षेत्र नं–२ मा जिल्ला पार्टी कार्यालय, ३ को सि.टी. गार्डेन भद्रपुर, ४ को उद्योग बाणिज्य संघ सुरुङ्गाको कार्यालय र क्षेत्र नं–५ को गौरादह कृषि क्याम्पसलाई निर्वाचन स्थल तय गरिएको छ ।

    मंसिर १० गते हुने नेपाली कांग्रेस झापाको निर्वाचन अग्रसेन भवन विर्तामोडमा हुनेछ । यसैगरी मंसिर १० गते हुने निर्वाचनका लागि मंसिर ९ गते नै मनोनयन दर्ता लगायतका प्रक्रिया पुरा गरिनेछन् ।

    मंसिर ९ गते विहान ८ बजे मतदाता नामावली प्रकाशन, ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावली सच्याउने, विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेद्वारी दर्ता, १२ बजेदेखि १ बजेसम्म उम्मेद्वारमाथि दावी विरोध, १ ः ४० देखि २ः ४० बजेसम्म उम्मेद्वारी फिर्ता र ३ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ । यसैगरी मंसिर १० गते विहान ८ बजेदेखि १ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ ।

    नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि झापाका लागि निर्वाचन अधिकृत सुवोधबाबु चिलवाल, सदस्यहरु नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेल, डिएलए झापा अध्यक्ष यज्ञप्रसाद अधिकारी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली लगायत सहभागी उक्त बैठकले निर्वाचन कार्यतालिका र केन्द्र तय गरेको हो ।

    मंसिर ६ गते सम्पन्न हुने निर्वाचनबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुबीच महासमिति सदस्य चयनमा आपसी सहमति नभएको अवस्थामा मंसिर ९ गते मनोनयन दर्ता र १० गते मतदान हुने कांग्रेस प्रचार विभाग प्रमुख कृष्ण हुमागाईले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.