Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मुलुुकभरी नै राष्ट्रिय जनगणनाको प्रारम्भ, कनकाईमा नगर प्रमुखबाट सुरुवात
    राजनीति

    मुलुुकभरी नै राष्ट्रिय जनगणनाको प्रारम्भ, कनकाईमा नगर प्रमुखबाट सुरुवात

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक २५, बिहीबार १६:५२ गते6 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा स्थानीय सरकार प्रमुुखबाट प्रारम्भ भएको राष्ट्रिय जनगणनाको कार्य देशभरी नै आज विहिबार एकैसाथ सुरुवात भएको छ ।


    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको घरबाट सुरुवात भएको कनकाईको जनगणनामा ६१ जना गणक र १३ जना सुपर भाइजरबाट काम संचालन भएको बताइएको छ । नगर क्षेत्रमा जनगणनाकालागि तोकिएका गणक एवम् सुपर भाइजरलाई कनकाई ७ का वडाअध्यक्ष लिलावहादुर कन्दङ्वा, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानवहादुर जिम्बा, पत्रकार राम निरौला लगायतले कार्य सफलताकालागि शुभकामना व्यक्त गरे ।

    त्यस्तै झापा गाउँपालिकामा समेत ४० जना गणक र ९ जना सुपर भाइजरबाट जनगणनाको कार्य संचालन भएको स्थानीय जनगणना अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिएका छन् । गाउँपालिकामा संचालन भएको जनगणनाको पालिका अध्यक्ष जयनारायण शाहले सुरुवात गरेका हुन् । मुलुकभरीकै घुमन्ते फिरन्तेहरुको सुची तयार गरी त्यस्ता व्यक्तिहरुको समेत एकै पटक मंसिर ९ गतेका दिन विवरण भर्ने गरीको सर्कुलर प्राप्त भएको बताइएको छ ।

    मुलुकभरी नै जनगणनाकालागि ४० हजार गणक प्रश्नहरुको सूची बोकेर घरघरमा पुग्न थालेका छन् । जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली तयार पारेको बताइएको छ । यी प्रश्नबाट नेपालको ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या, उनीहरुको रोजगारीको स्थिति, वित्तीय पहुँच, उमेर आम्दानीको स्थिति, शैक्षिक अवस्था, बसाई सराइको दर लगायतका तथ्यांक संकलन गरिने भएको ।

    कात्तिक २५ देखि मंसिर ९ गतेसम्म यही प्रश्नावली लिएर गणकहरु तोकिएको स्थानमा जाने छन् । जनगणनाका लागि सोधिएको प्रश्नावली भर्न गणकलाई औसत २० मिनेट लाग्ने केन्द्रीय तथ्यांक विभागको भनाइ छ । कुनै परिवारमा १० मिनेटमै सकिने र कुनै परिवारमा ३० मिनेटसम्म लाग्ने अनुमान गरेर औसतमा २० मिनेट समय लाग्ने जनाइएको छ ।

    प्रश्नावलीमा के–के छन् ?

    पारिवारिक खण्ड

    गणकले परिवारको मुलीको नाम, गाउँ÷टोल र सम्पर्क नम्बर माग्ने छन् । घरको स्वामित्व, जग र घर निर्माणको सामग्री, छाना र भुइँमा ओच्छ्याइएको सामग्रीको विवरण पनि संकलन गर्नेछन् । घरमा भएका विद्युतीय उपकरण, सवारी साधन तथा महिलाका नाममा घर–जग्गा भए–नभएको बारेमा पनि गणकहरुले सोध्नेछन् ।

    त्यस्तै पछिल्लो एक वर्षमा मृत्यु भएका परिवारको सदस्यको विवरण, मृत्युको कारणसम्बन्धी प्रश्न पनि प्रश्नावलीमा राखिएको छ । दुर्घटना, सरुवा रोग, नसर्ने रोग, प्रजनन तथा प्रसूति समस्या, आत्महत्या, प्राकृतिक प्रकोप वा अन्य के कारणले मृत्यु भएको हो भन्ने विवरण जनगणनाका क्रममा संकलन गरिनेभएको छ ।

    घरमा खानेपानीको सुविधा, खाना पकाउन प्रयोग गरिने इन्धन, शौचालयको किसिमबारे पनि गणकहरुले जानकारी माग गर्नेछन् । परिवारको पेशा, कृषि वा उद्योग व्यापार के छ भन्ने विवरण पनि जनगणनाका क्रममा संकलन गरिन्छ । उद्योग वा व्यवसाय महिला वा पुरुष कसको स्वामित्वमा छ भन्ने विवरण पनि खोजिन्छ ।

    व्यक्तिगत खण्ड

    यस खण्डमा गणकले परिवारका सबै सदस्यको विवरण टिप्नेछन् । परिवारमा अक्सर बसोबास गर्ने व्यक्तिको नाम र थर, घरमुलीसँग उनीहरुको सम्बन्ध, जन्ममिति र उमेर, ५ वर्ष भन्दा कम उमेरका बालबालिकाको जन्म दर्ता भए–नभएको पनि टिपोट हुनेछ । जात–जाति र पूर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा, धर्म, नागरिकता कुन मुलुकको छ र विवाहित वा अविवाहित के हो भन्ने बारेको विवरण समेत यो खण्डमा संकलन गरिन्छ ।

    विवाह गरेकाहरुलाई कति वर्षमा विवाह गरेको, विवाहपछि विधुर÷विधवा भएको वा पारपाचुके भएको अवस्थाबारेको प्रश्नसमेत प्रश्नावलीमा समेटिएको छ ।

    परिवारका सदस्यमध्ये घरमा नबस्ने (स्वदेश र विदेश) व्यक्ति, उनीहरु बसोबास गर्ने ठाउँको विवरण पनि जनगणनाका क्रममा संकलन गरिन्छ । विदेश गएका महिला वा पुरुष, विदेश जाँदाको उमेर, शैक्षिक योग्यता, गन्तव्य देश, विदेश गएको समय र जानुको कारण पनि गणकहरुले सोधीखोजी गर्नेछन् ।

    जनगणनाका क्रममा पढ्न, लेख्न जानेको वा नजानेको, विद्यालय गएको वा नगएको, पढेको भए कुन स्तरसम्म पढेको र अध्ययनको विषय पनि संकलन गरिन्छ ।

    प्रजनन् सम्बन्धी विवरण

    प्रजनन् सम्बन्धी विवरण संकलन गर्दा परिवार भित्रका १५ देखि ४९ वर्षभित्रका महिलाहरुको विवरण संकलन गर्नेछ । उनीहरुले हालसम्म जन्माएका जीवित बच्चा, छोरा वा छोरी, जन्माएका बच्चामध्ये कति जनाको मृत्यु भयो र पछिल्लो एक वर्षमा जन्मिएका बच्चाको विवरण पनि गणकहरुले माग्नेछन् ।

    यो खण्डमा १८ वर्ष भन्दा मुनिका बालबालिका बाब, आमा, वा नातेदार कोसँग बसेका छन् भन्ने विवरणको साथमा अपांगतासम्बन्धी विवरण पनि संकलन गरिन्छ ।

    आर्थिक क्रियाकलापसम्बन्धी विवरण

    जनगणनाको प्रश्नावलीमा रहेको आर्थिक विवरणसम्बन्धी खण्डबाट व्यक्तिको मुख्य काम के हो भन्ने विवरण संकलन गरिन्छ । काम गर्ने ठाउँ वा संस्थाको नाम र त्यसले गर्ने वस्तु तथा सेवाको उत्पादनको विवरण पनि गणकहरुले खोज्नेछन् । अरुको काम गर्ने हो वा रोजगारदाता, आफ्नै काम गर्ने वा परिवारलाई सघाउने मात्र हो भन्नेबारे विवरण टिपोट गरिन्छ ।सरकारी, वित्तीय संस्था, गैरवित्तीय, नाफा नकमाउने संस्था र घरायसी कस्तो संस्थामा काम गर्ने भन्नेबारे पनि खुलाउनुपर्छ । बेरोजगार र काम खोज्दा पनि नपाएको अवस्था भए त्यसबारेमा पनि उल्लेख गर्नुपर्छ ।

    किन महत्वपूर्ण छ जनगणना ?

    नेपालजस्तो देशमा जनगणना यस्तो अभियान हो, जसबाट समग्र तथ्यांक संकलन गरिन्छ । त्यो पनि हरेक घर र परिवारमै पुगेर । राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयाल भन्छन्, ‘भोलि टोल, वडा, गाउँको विकास गर्न कति बजेट चाहिन्छ भन्ने तथ्यांक यसै जनगणनामा आधारित भएर तयार हुन्छ ।’ यस्तो तथ्यांक आगामी १० वर्षसम्म निरन्तर प्रयोग गरिनेछ ।
    संघ, प्रदेश र स्थानीय तहमा स्रोतको बाँडफाँट गर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय हस्तान्तरणको सूत्र बनाउँदा २०६८ सालको जनसंख्यालाई आधार मान्ने गरेको छ ।
    संघ, प्रदेश र स्थानीय तहमा समानुपातिक रुपमा स्रोतको वितरण गर्नुपर्ने माग उठिरहेका बेला सबैभन्दा तल्लो तहबाट आउने यकिन तथ्यांकले जनसंख्याका आधारमा समानुपातिक ढंगले स्रोत बाँडफाँट गर्न सहज बनाउँछ ।

    गोपनीयता हुन्छ कि हुन्न ?

    जनगणनाका क्रममा गणकहरुलाई सहयोग गर्न सरकारले आग्रह गरेको छ । गणकले सोधेका प्रश्नको उत्तर गोप्य रहने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ बताउँछन् ।
    जनगणनाका क्रममा घरमुली र गणकबीचको कुराकानी तेस्रो व्यक्तिले सुन्न पाउने छैन । यसरी संकलन भएको सबै तथ्यांक व्यक्तिगत प्रयोजन, सम्पत्तिको स्रोतको सोधीखोजी वा अन्य मुद्दा–मामिलाको प्रयोजनमा तथ्यांक विभागले कसैलाई पनि दिन पाउँदैन ।

    अर्थात् व्यक्तिगत विवरण र जानकारीको तथ्यांकको दुरुपयोग भएमा विभागमाथि कानुनी कारबाही अघि बढाउन मिल्छ । महानिर्देशक श्रेष्ठ भन्छन्, ‘जनगणनामा भाग दिनु हरेक नागरिकको कर्तव्य हो, आज यथार्थ बतायो भने भविष्यमा राज्यसँग सुविधा र सहुलियत माग गर्न पनि सहज हुन्छ ।’

    यथार्थ तथ्यांक आउला ?

    जनगणनाका क्रममा घरमुलीले यथार्थ विवरण नदिने हो कि भन्ने डर तथ्यांक विभागलाई छ । परिवारबारे यथार्थ बताउन इन्कार गर्ने, घरमुलीलाई सबै विवरण थाहा नहुने समस्या देखिन सक्ने विभागको अनुमान छ ।

    त्यसैले सञ्चार माध्यममार्फत जनचेतना जगाउने विभागले बताएको छ । यस वर्ष गणकको रुपमा कक्षा १२ पास गरेका स्थानीय युवालाई नै खटाइएको छ । त्यसैले गणकसँग घरमुलीले कुराकानी गर्ने र यथार्थ विवरण दिने विभागका अधिकारीहरु दावी गर्छन् ।

    काठमाडौंमा ट्याबबाट तथ्यांक संकलन

    जनगणनाका क्रममा यस वर्ष काठमाडौंमा विद्युतीय उपकरणको प्रयोग गरी तथ्यांक संलकन गरिने भएको छ । जसका लागि २२५० वटा ट्याबलेट प्रयोग गरिँदैछ । अन्य जिल्लामा भने गणकले हातले नै कागजमा तथ्यांक टिपोट गर्ने भएका छन् ।

    ट्यावलेट प्रयोग गरिएको जिल्लाको तथ्यांक सिधै विद्युतीय प्रणालीमा संकलन हुनेछ । हातले टिपोट गरेको तथ्यांकलाई भने पुनः कम्प्युटर प्रणालीमा उतार्नुपर्छ । विदेशस्थित नेपाली कुटनीतिक नियोग (राजदूतावास, महावाणिज्य दूतावास र स्थानीय नियोग)मा विद्युतीय जनगणनाको विधि अपनाई वेबसाइट एप्लिकेशनबाट नेपाली कर्मचारी र आश्रित व्यक्तिको विवरण संकलन हुने भएको छ ।

    विदेशमा रहेका नेपालीबारेको विवरण भने नेपालमा रहेका परिवारका सदस्यले नै टिपाउनुपर्ने छ । नेपालमा परिवारको एक जना पनि सदस्य नरही सबै विदेशमा रहेका परिवार भने नेपालमा छुट्नेछन् ।

    ‘उहाँहरुको गणना सोही मुलुकले गर्छ,’ महानिर्देशक श्रेष्ठ भन्छन्, ‘नेपालको जनगणना, विश्व जनगणना कै एक अंश हो ।’ अर्थातः नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकको गणनासमेत यस दौरानमा हुने बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.