Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई छठले गर्यो सम्मानसहितको साँस्कृतिक प्रस्तुती
    समाचार

    कनकाई छठले गर्यो सम्मानसहितको साँस्कृतिक प्रस्तुती

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक २५, बिहीबार ०२:१४ गते2 Mins Read

    कनकाई खबर / छठ पर्वको अवसरमा कनकाई छठ सेवा समाजले सम्मानसहितको विविध साँस्कृतिक प्रस्तुतीका साथ छठ पर्व मनाएको छ ।

    कनकाई माइको पूर्वी किनारमा अस्ताउँदो सूर्यको पूजा आरधाना गर्ने कार्यकालागि छठ समाजले व्यवस्थापन गरेको विभिन्न जातजातीको झाँकीसहितको र्याली सुरुङ्गा बजार परिक्रमा गरी पूूजा स्थल सम्म पुगेको थियो । छठ समाजले सजाएको ७५ वटा स्टल साथै मञ्च व्यवस्थापनले नदि किनार बेहुली झैं सिगारीएको देखिन्थ्यो ।

    विभिन्न जातजाती, धर्मावलम्बीहरुले सामुहिक पर्वका रुपमा मनाउँदै आएको छठ पर्वलाई थप व्यवस्थित गर्दै कनकाई छठ सेवा समाजले संस्थालाई महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । विविध साँस्कृतिक प्रस्तुुतीसहित आयोजना गरिएको औपचारिक कार्यक्रममा समाजका जेष्ठ नागरिक जोगेन्द्र प्रधान सुडी र संस्थाका सहयोगी विरेन्द्र शाहलाई सम्मान गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य हिराकुमार थापाले सम्मानित दुबैजनालाई सम्मानपत्रसहित र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानित दुबैको परिचय समाजका वरिष्ठ उपाध्यक्ष खगेन्द्र महत्तोले गराएका थिए । कार्यक्रमकै अवसरमा संस्थालाई जग्गा दान गर्ने दातालाई समेत सम्मान गरिएको छ भने कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

    कनकाई छठ सेवा समाजका अध्यक्ष राजकिशोर चौधरीको सभापतित्व एवम् वरिष्ठ उपाध्यक्ष खगेन्द्र महतोले स्वागत गरेको कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार जगतनारायण मण्डलले औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीका रुपमा रहेका प्रदेश सभा सदस्य हिराकुमार थापाले कनकाई छठ सेवा समाजले सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको भन्दै खुशी व्यक्त गरेका छन् । सम्पूर्ण जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजाको आयोजना भएको भन्दै प्रदेश सभा सदस्य थापा, संविधान सभा सदस्य अम्बिका राजवंशी, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमारीया, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली लगायतले छठी माइको प्रभावले सबैमा एकता र सद्भाव कायम होस् भन्ने शुभकामना व्यक्त गरे ।

    प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र प्रदेश नं.१ विराटनगरका प्रमुख शम्भु शाहले छठपूजा समानता र समावेशीको प्रतिकको रुपमा विकास हुँदै आएकोमा खुशी व्यक्त गर्दै कनकाई छठ सेवा समाजले पछिल्लो समयमा गरेको प्रगतिको प्रशंसा गरेका छन् । विविध साँस्कृतिक कार्यक्रम साथै सन्थाली झाँकी र नृत्य समेतको आयोजना गरिएको कार्यक्रमको संचालन कनकाई छठ सेवा समाजका महासचिव रविन गुप्ताले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको सहजीकरण पत्रकार अनुप भण्डारीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.