Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेकपा एमाले कनकाईको अध्यक्षमा खड्ग प्रसाईँ
    राजनीति

    नेकपा एमाले कनकाईको अध्यक्षमा खड्ग प्रसाईँ

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक २३, मंगलवार १०:३२ गते3 Mins Read

    कनकाई खबर \ नेकपा एमाले कनकाईको १४ दिनसम्म निरन्तर रुपमा भएको छलफल र बहसपछि अन्ततः खड्गप्रसाद प्रसाईँ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष प्रसाईँसहित नगर कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले आज मंगलबार चार बजे सपथ लिने कार्यक्रम रहेको बताइएको छ ।

    मुख्य चार पदकालागि उपसचिवमा दुईजना गरी पाँचजनाको मात्र संख्या आवश्यक रहेको भएपनि अध्यक्षमा ६ जनासहित अन्य पदमा गरी जम्मा १६ जनाले आआफ्नो उम्मेद्वारी मनोनयन गरेपछि सर्वसम्मतको प्रयास लम्बिएको थियो । अध्यक्ष पदकालागि उम्मेद्वार मनोनयन गर्नेहरुमा प्रसाईँसहित गोविन्द पौडेल, तुलाराम बस्नेत, ओम पाठक, गोकर्ण ओझा र कृष्णकुमार खतिवडा रहेका थिए । पार्टीका अग्रज नेताहरुबाट भएको लामो प्रयासपछि उम्मेद्वारीका लागि दावेदार सबैबाट आफ्नो नाम फिर्ता लिएपछि अध्यक्ष मण्डल र निर्वाचन समितिले आवश्यक छफलफ गरी सर्वसम्मतको वातावरण बनाएको हो ।

    पार्टीको महाधिवेशनकै तयारीकालागि केन्द्रको सर्कुलर अनुसार कात्तिक ६ गते नगरका नौ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने नगर पालिकाको अधिवेशन एक भव्य समारोहका विच ९ गते नै सम्पन्न भइसकेको भएपनि मुख्य पदाधिकारीको पदकालागि सर्वसम्मत हुन नसक्दा पार्टीको विभिन्न तहमा भएको व्यापक छलफल र बहसपछि अब कनकाई नगरको नेतृत्व सर्वसम्मत बनेको हो ।

    यसरी सर्वसम्मत बनेको नगर कमिटीको अध्यक्षमा खड्गप्रसाद प्रसाईँ, उपाध्यक्षमा विनोद रानामगर, सचिवमा देवीप्रसाद उप्रेती, उपसचिवद्वयमा दिपक चापागाईँ र खिनमाया आचार्य खतिवडा रहेको निर्वाचन समितिले कनकाई खबरलाई जानकारी दिएको छ ।

    नगर कमिटीको नेतृत्व चयनकालागि स्थानीय वुद्धिजीवी एवम् शिक्षासेवी अखिलकुमार कोइरालाको संयोजकत्वमा कर्णवहादुर डाँगी र हरिप्रसासद तिम्सिना सदस्य रहेको निर्वाचन समिति बनेको थियो । त्यस्तै १ नं. प्रदेश सभा सदस्य समेत रहेका नेकपा एमालेका नेता हिराकुमार थापाको संयोजकत्वमा पार्टीका अग्रज व्यक्तित्वहरु प्रेमप्रसाद दहाल, टंकवहादुर कार्की, खेमनाथ मिश्र र अखिलकुमार कोइराला सदस्य रहेको अध्यक्ष मण्डलले नेकपा एमाले कनकाई नगरको नेतृत्व चयनकालागि महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

    पार्टीको ७५ सदस्यीय नगरकमिटीका अन्य सदस्यहरुमा क्रमशः
    वडा नं.१ बाट शुशिल पोखरेल, लीलाप्रसाद तिम्सिना, दलबहादुर थापा, इन्दिरा बराल र सीता अधिकारी रहेका छन् ।

    त्यस्तै वडा नं. २ बाट श्यामसुन्दर ओली, भिष्म मैनाली, तोयानाथ अधिकारी, बलराम राई, पर्शुराम गिरी , तुलसामाया चापागाईं, नरादेवी मगर रहेका छन् ।

    त्यस्तै वडा नं. ३ बाट डिल्लीराम उप्रेती, मनोहरी विमली, नरेन्द्रप्रसाद फुयल, ख्यामप्रसाद ओली, मनकुमार न्यौपाने, विश्वविजय खरेल, कमलप्रसाद कट्टेल, मिनाल तिम्सिना, कृष्णमाया भुजेल, दिव्यश्वरा शिवाकोटी, मन्दिरा सुवेदी, प्रमिला खरेल रहेका छन् ।

    त्यस्तै वडा नं.४ बाट राजेन्द्र डाँगी, धर्मेन्द्र सुवेदी, प्रदिप वि. क., नविनकुमार राई, लोकनाथ ढुङ्गाना, ताराबहादुर कोइराला, टीका गौतम, मञ्जुदेवी संग्रौला रहेका छन् ।

    वडा नं ५ बाट पुन्यप्रसाद ओझा, विनोद सुब्बा, हेमकर्ण अधिकारी, इन्दिरादेवी अधिकारी, नरकुमारी गुरुङ, कल्पना उपाध्याय काफ्ले रहेका छन् ।

    वडा नं. ६ बाट सूर्यप्रसाद पौडेल, धर्मेन्द्र भट्टराई , कमल कुमार बस्नेत, खिनमाया बस्नेत रहेका छन् । त्यस्तै वडा नं. ७ बाट शिवराज बस्नेत, पर्शुराम दाहाल,. प्रकास शिवाकोटी, गीता चौहान रहेका छन् ।

    त्यस्तै वडा नं. ८ बाट सूर्यमान भारती, थामनारायण गिरी, सुनिता खरेल सिग्देल, सरिना कार्की, यसोदा मैनाली रहेका छन् । वडा नं. ९ बाट केवलनाथ पराजुली, नरमान श्रेष्ठ, राजेन्द्र उप्रेती, नर्वदा संग्रौला, गौरा उप्रेती रहको बताइएको छ ।

    आदिवासी मधेशी तर्फ नवलकिशोर दत्त, युवराज राजवंशी र शान्ता चौधरी रहेका छन् । त्यस्तै अल्पसंख्यक तर्फ अनिल गोयल, माराङ हास्दा रहेका छन् । दलित तर्फ देवेन्द्र दर्जी, सञ्जिता ल्वागुन, निर्मला कार्कीडोली रहेको बताइएको छ ।

    जनजाती तर्फ भिमप्रसाद प्रधान, लक्ष्मीकुमार राई, गम्भिरबहादुर राई, मनमाया तामाङ् जिवनकुमार श्रेष्ठ र गोमा खवास रहेको निर्वाचन समितिले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.