Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा छठ पूजाको तयारी तिव्र
    समाचार

    कनकाईमा छठ पूजाको तयारी तिव्र

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक २३, मंगलवार ००:२३ गते3 Mins Read

    कनकाई खबर \ कनकाई छठ सेवा समाजले यस पटकको छठ पूजालाई व्यवस्थित गर्न आवश्यक तयारी पूूरा भएको जनाएको छ ।

    संस्थाको आफ्नै कार्यालय भवनमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी छठ समाजले कनकाई माइको पुर्वी किनारमा संचालन हुने छठपूूजाको तयारी पूरा भएको जनाएको हो । संस्थाका अध्यक्ष राजकिशोर चौधरीको सभापतित्व एवम् संस्थापक अध्यक्ष उपेन्द्र प्रधानसहित अन्य पदाधिकारीहरुको उपस्थितीमा भएको पत्रकार भेटघाट कार्यक्रममा छठपूजाकालागि कनकाई माइको पुर्वी किनारमा ७५ वटा स्टलको व्यवस्था गरिएको बताइएको छ । कोरोना संक्रमणका कारण अघिल्लो वर्ष व्यवस्थित हुन नसकेको छठपूजालाई यस पटक विशेष तयारीका साथ विभिन्न उपसमितिहरु समेत गठन गरेर सवै जातजातीहरुको साझा पर्वका रुपमा थप पहिचान दिन खोजीएको कार्यक्रम संयोजकका रुपमा रहेका संस्थाका वरिष्ठ उपाध्यक्ष खगेन्द्र महतोले बताएका छन् ।

    अत्यन्तै कम खर्चमा कार्यक्रम सम्पन्न गर्ने योजना बनाएको छठ समाजले आर्थिक व्यवस्थापन उपसमिति, युवा तथा महिला परिचालन उपसमिति, घाट निर्माण उपसमिति, प्रसाद व्यवस्थापन, स्वयम् सेवक परिचालन, साँस्कृतिक प्रस्तुती सहित झाँकी व्यवस्थापन लगायतका विभिन्न उपसमिति निर्माण गरीएको छठ समाजले जानकारी दिएको छ । कनकाई नगर क्षेत्रभन्दा बाहिरका समेत भक्तजनहरुको उपस्थिती रहने यस कनकाई छठ पूजाका लागि आवश्यक पर्ने दुधको संस्थाका तर्फबाट व्यवस्थापन हुने कार्यक्रम संयोजक महतोले जानकारी दिए । कोरोना संक्रमणको अवस्था कायमै रहेको र केही न्युनीकरण मात्र भएको ठहर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर कार्यक्रम सम्पन्न गर्ने साथै रात्रीकालिन जागर भने नगर्ने निर्णय भएको बताइएको छ । छठपूजाको पूर्व सन्ध्यामा मंगलबार सुरुङ्गा बजार साथै कोटीहोम परिसर सरसफाई गर्ने योजना रहेको छठ समाजले जनाएको छ ।

    छठपूजाको विशेष दिनमा विभिन्न जातजातीहरुको झाँकीसहितको र्यालीले सुरुङ्गा बजार परिक्रमापछि कनकाई माइको नदि किनारमा आयोजना गरिने औपचारीक कार्यक्रममा स्थानीय कलाकारहरुको विशेष प्रस्तुुती रहने संस्थाका जनसम्पर्क अधिकारी अमन गुप्ताले जानकारी दिए । कार्यक्रमकै अवसरमा समाजका जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

    छठपूजाका नाममा कनकाई छठ सेवा समाजका तर्फबाट अन्य सहयोगी दाताहरुसँग कुनै पनि सहयोग संकलन नगरेको जानकारी दिँदै संस्थाका महासचिव रविन गुप्ताले छठ पूजाकालागि भक्तजनहरुलाई केही समस्या परेमा कनकाई छठ सेवा समाजसँग सम्पर्क राख्न समेत अनुरोध गरेका छन् । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण गर्दै महासचिव गुप्ताले गाउँघर र बजार क्षेत्रमा समेत छठपूजाका नाममा आर्थिक संकलन हुने गरेको जानकारी आएको हुँदा यस तर्फ संस्थाको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

    पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष राजकिशोर चौधरीले छठ समाजका तर्फबाट निर्माण प्रारम्भ गरेको सूर्यनारायणको मन्दिर सहितको कनकाई सूर्यबाटिका सामुदायिक भवनलाई पूर्णता दिने कार्यमा सहयोगी दाताहरुसँग सहयोगको अपेक्षा समेत राखिएको बताएका छन् । समाज रुपान्तरणकालागि विभिन्न सामाजिक संघसंस्थाहरुसँग हातेमालो गर्दै अघि बढेको छठ समाजको अभियानमा एकजुट हुन अध्यक्ष चौधरीले सम्बन्धित सवैलाई अनुरोध गरेका छन् ।

    भवन निर्माणकालागि कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले यस अघि नै १० धुर बढी जमिन दान गरिसकेका छन् भने अन्य सहयोगी स्थानीय दाता, छठ समाजका अग्रज एवम् पदाधिकारी साथै सदस्यहरुबाट समेत भएको सहयोगबाट संकलन भएको करिव ५ कठ्ठा जमिनमा सुर्यनारायणको मन्दिर सहितको सामुदायिक भवन निर्माणको कार्य प्रारम्भ भइसकेको संस्थाका कोषाध्यक्ष दिनेश ठाकुरले जानकारी दिए । तराई मधेश समृद्धि कार्यक्रम, स्थानीय तह, समाजका पदाधिकारी तथा सदस्यहरु एवम् स्थानीय दाताहरु समेतको आर्थिक सहयोगबाट संकलन भएको करिब ५५ लाखको बजेटमा प्रारम्भिक चरणको निर्माण कार्य सम्पन्न भइसकेको कोषाध्यक्ष ठाकुरले बताए । आगामी दिनमा छठ समाजका तर्फबाट सहकारी संस्था समेत संचालनमा ल्याउँने योजना रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.