Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्वास्थ्य केन्द्रका डाक्टरबाट आँफू खुशी जारी सूचनाले सेवाग्राही प्रभावित
    समाचार

    स्वास्थ्य केन्द्रका डाक्टरबाट आँफू खुशी जारी सूचनाले सेवाग्राही प्रभावित

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक २२, सोमबार १०:३१ गते3 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मनिष तिमल्सिनाले आँफू खुशी सूचना जारी गरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय विदा दिएपछि सेवाग्राही प्रभावित भएका छन् ।

    स्वास्थ्य केन्द्र जस्तो संवेदनशिल क्षेत्रमा भएको यो विदाका विषयमा डाक्टर तिमल्सिनासँग भएको फोन सम्पर्कमा उनले नगरपालिकाको निर्देशन अनुसार आँफूले सूचना जारी गरेको दावी गरेका छन् । तर स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरपालिकाको तर्फबाट स्वास्थ्य केन्द्रलाई विदा गर्ने विषयमा कुनै पनि सर्कुलर नभएको प्रष्ट पारेका छन् ।

    मानवीय स्वास्थ्यका क्षेत्रमा २४ सै घण्टा सेवा उपलव्ध गराउँने प्रतिवद्धताका साथ कनकाई नगरपालिकाको मातहतमा संचालनमा रहेको स्वास्थ्य केन्द्रमा इञ्चार्जका रुपमा रहेका डाक्टर तिमल्सिनाले नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार भन्दै स्वास्थ्य केन्द्र विदा रहने सूचना जारी गरेपछि सेवाग्राही प्रभावीत भएका हुन् । केही दिनको तिहार विदापछि आज सोमबार बिहान नौ बजेदेखि नै रेफर लिने, नियमित औषधि खाने, स्वास्थ्य परिक्षण गर्ने लगायतका विभिन्न सेवाकालागि उल्लेख्य सेवाग्राहीहरु स्वास्थ्य केन्द्रमा लाइनबद्ध भएका देखिन्थे ।

    स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष नगर प्रमुख पोखरेलका अनुसार यो अवधिमा प्रदेश र केन्द्रले तोकेको सार्वजनिक विदा बाहेक अन्य दुई दिनको स्थानीय विदा अन्तर्गत नगरपालिका र वडा कार्यालयहरु मात्र बन्द रहने गरी सूचना जारी भएको जनाइएको छ । स्वास्थ्य केन्द्रमा सूचना टाँस गरी जारी भएको विदाको विषयमा आँफूलाई समेत जानकारी नभएको अवस्थामा सेवाग्राहीबाटै फोन आएपछि मात्र तत्काल सेवा सुचारु गर्न आँफूले पहल गरेको नगर प्रमुख पोखरेलले जनाएका छन् । नगर प्रमुख पोखरेलको निर्देशनमा ढिलै भएपनि केही स्वास्थ्यकर्मी प्राथमिक स्वास्थ्य केन्द्रमा आएर सेवा प्रवाह गरेको बताइएको छ ।

    मेडिकल अधिकृत डाक्टर तिमल्सिनाले केन्द्रको सूचना पार्टीमा आज कात्तिक २२ र २३ गतेलाई स्थानीय विदाको रुपमा सूचना टाँस गरी स्वास्थ्य केन्द्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीसहित सम्बन्धित सबैलाई कात्तिक २५ गते सम्म विदा भएको जानकारी गराएका छन् । स्वास्थ्य केन्द्रको लेटर प्याडमा डाक्टर तिमल्सिनाले हस्ताक्षर गरेको सूचनामा २२ र २३ गतेको विदासहित कात्तिक २४ गते छठ पर्व र २५ गते फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक विदा दिइएको जनाइएको छ । यो अवधिमा इमरजेन्सी र बर्थिङ् सेवा मात्र संचालन हुने सूचनामा जनाइएको छ ।

    केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख पोखरेलले यो समयमा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत जिम्मेवार पक्षलाई आफ्नो कामप्रति बफादार बन्न अनुरोध गरेका छन् । कनकाई नगरपालिकाको यस पटकको स्थानीय विदाका विषयमा कनकाई खबरलाई थप प्रष्ट पार्दै नगर प्रमुख पोखरेलले वार्षिक रुपमा पाउँने सरकारी विदाको सदुपयोग गर्न यो पर्वको विचमा कर्मचारीसहित जनप्रतिनिधिसँगको भ्रमणको कार्यक्रम तय गरेको बताएका छन् । पर्यटन क्षेत्रको नयाँ अनुभव बटुल्ने उद्येश्यले कनकाई नगरपालिकामा कार्यरत कर्मचारी सहित जनप्रतिनिधिको टोली नेपालकै पर्यटकीय क्षेत्र पोखरा लगायत अन्य केही महत्वपूर्ण स्थानको भ्रमणमा गएकोले यस भ्रमणबाट कनकाई नगरपालिकालाई समेत नयाँ अनुभव प्राप्त हुने अपेक्षा राखिएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.