Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा नारी सञ्चार गृहको देउसीभैलो
    समाचार

    कनकाईमा नारी सञ्चार गृहको देउसीभैलो

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक २१, आईतवार ०७:५३ गते2 Mins Read

    कनकाई खबर \ दिपावलीको अवसरमा नारी सञ्चार गृह झापाले जिल्लाका सबै दलका नेतालाई उपस्थित गराएर देउसीभैली कार्यक्रम गरेको छ ।

    सुरुङ्गा बजारको होटल डिलाइटको प्रांगणमा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख मञ्जु प्रसाईसहित दलका जिल्ला नेताहरुको रमाइलो सहभागिता रहेको थियो ।

    प्रदेश नं. १ का पूर्व मन्त्री तथा सांसद् हिरा थापा, नेपाली कांग्रेस झापाका पूर्व उपसभापति देउमान थेबे, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य शिव ढुंगेल, वरिष्ठ साहित्यकार कोमल पोखरेल, सुरुंगा जेसिज एवम् लायन्स क्लव अफ कनकाई सुरुंगाका संस्थापक अध्यक्ष लिला चिमरिया, होटल डिलाइटका सञ्चालक खेम ओली, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रि सदस्य मोहनकाजी न्यौपाने, महासंघ झापाका कार्यवाहक अध्यक्ष केशव भट्टराई, फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङ एवम् आयोजक संस्थाकी संस्थापक अध्यक्ष सावित्रा दहाल, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी लगायत अन्य पदाधिकारीसहित प्रेस क्लबका पदाधिकारीहरुको समेत उल्लेख्य सहभागिता रहेको कार्यक्रमको अध्यक्षता नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले गरेकी थिइन् । स्वागत मन्तब्य कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौलाले गरेका थिए ।

    नारी सञ्चार गृहको अक्षय कोष वृद्धिका लागि कार्यक्रम आयोजना गरिएको अध्यक्ष शिवाकोटीले जानकारी दिइन् । कार्यक्रमको संयोजन प्रेस क्लवले गरेको थियो । साहित्यकार कोमलप्रसाद पोखरेल, नगरप्रमुख राजेन्द्र पोखरेल, नेपाली कांग्रेसका पूर्व उपसभापति देउमान थेबे लगायतका अतिथिले देउसी भट्याउन सुरु गरेर कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा पिनाकी कोइराला, लीला अनमोल र माया मितुले देउसी गीत, कविता र गजल प्रस्तुत गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.