Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोभिड सहायता अन्तरगत सहारा नेपाल साकोसले एकै दिनमा बाँड्यो डेढ करोड
    समाचार

    कोभिड सहायता अन्तरगत सहारा नेपाल साकोसले एकै दिनमा बाँड्यो डेढ करोड

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक १६, मंगलवार ११:४४ गते3 Mins Read

    झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोभिड– १९ महामारीबाट अक्रान्त शेयर सदस्य तथा तिनको परिवारमाझ असली सहारा बन्ने प्रयासलाई थप उजागर गरेको छ । आज बिर्तामोडमा कोभिड सहायता कार्यक्रम आयोजना गरेर सो संस्थाले परिवार राहत, कोभिड उपचार सहयोग तथा मेडिसिन सपोर्ट शीर्षकमा १ करोड ४७ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

    सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले कोभिड सहायता कार्यक्रमको औचित्य र महत्वमाथि चर्चा गर्दै कठिन परिस्थितिमा पनि आफ्ना शेयर सदस्यहरु, कर्मचारी एवम् समुदायको हितका लागि मन फुकाएर सहयोग गर्नु आफ्नो दायित्व सम्झेर सहयोग प्रदान गरिएको बताए ।

    सहारा नेपालले कोभिड १९ संक्रमण भएर मृत्युवरण गरेका आफ्ना शेयर सदस्यको परिवारलाई सहाराको स्मरण भइरहोस् भन्ने मनसायले परिवार राहत प्रदान गरेको छ । जसअनुसार यसवर्ष कोभिडबाट दिवंगत भएका १४ जना सेयर सदस्यको परिवारलाई जीवन यापनमा सहजता होस् भन्दै २७ लाख रुपैयाँ प्रदान गरिएको छ । बिर्तामोडमा आज आयोजित कार्यक्रममा चाहिँ स्थानीय ५ वटा सेवा केन्द्रका ११ जनाको परिवारलाई २१ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

    संस्थाले कोभिड संक्रमित भएर घरमै औषधी सेवन गरेर निको भएका सेयर सदस्यहरुलाई मेडिसिन सपोर्ट अन्तरगत प्रतिब्यक्ति ७ हजार रुपैयाँका दरले ९७८ जनालाई ६८ लाख ४६ हजार प्रदान गरिने जनाएको छ । आजको कार्यक्रममा स्थानीय ५ वटा सेवा केन्द्रका सदस्यहरुलाई उक्त रकम प्रदान गरेको हो ।

    यसैगरी, कोभिड संक्रमण भई अस्पतालमा बसेर उपचार गराउने ३९ जना सेयर सदस्यहरुलाई कोभिड उपचार सहायता अन्तरगत ५२ लाख रुपैयाँ भुक्तानी गरिएको छ । आजको कार्यक्रममा प्रतिनिधिमुलक ढंगबाट एकजनालाई २१ हजार रुपैयाँ प्रदान गरिएको छ ।

    संस्थाका कार्यकारी प्रमुख गिरीले गतवर्ष सदस्यहरुले लिएको कर्जाको ब्याज छुटवापत ३ करोड ४५ लाख रुपैयाँ, कार्यक्षेत्र भित्रका ७० वटा पालिकालाई २५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म गरी ५६ लाख रुपैयाँ तथा कोरोना संक्रमित सदस्यको परिवारलाई पोषणभत्ता प्रदान गरिएको जानकारी दिए ।

    बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कोभिड सहायता कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख गिरी, वरिष्ठ चिकित्सक डा. शरद भट्टराई लगायतले उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

    सहयोग हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रसाईंले नेपालकै अग्रणी सहकारी सहारा नेपालको नामै काफी रहेको बताइन् । पूर्वमा यतिबेला सहारा नेपालकै सहारा लिएर समाज अगाडि बढिरहेको भन्दै उनले संस्था सञ्चालकहरुको सुझबुझपूर्ण कार्ययोजना कै कारण पहिचान फराकिलो बनेकोमा गौरव मान्नुपर्ने बताइन् ।

    कोरोना गइसकेको छैन, यतै सुशुप्त अवस्थामा बसेको छ, लापरवाही नगरौं भन्ने सन्देश प्रवाह गर्दै नगर उपप्रमुख प्रसाईले सहारा नेपालले आफ्ना सदस्यहरुको संरक्षणमा पुर्याएको योगदानको सम्मान गरिन् ।

    सो कार्यक्रममा वरिष्ठ चिकित्सक डा. शरद भट्टराईले पोष्ट कोभिड के हो र यसबाट कसरी बच्ने भन्ने विषयमा सहजीकरण मन्तब्य राखेका थिए । कोरोना विरुद्ध उपलब्ध खोपहरु सबैले लगाउन सचेत गर्दै डा. भट्टराईले भ्याक्सिन लगाउँदा एलर्जी हुँदा चिकित्सकसँग परामर्श लिन सुझाए ।

    संस्थाका अधिकृत कर्मचारी मातृका सुवेदीले सञ्चालन गरेको सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग पाउने मध्येबाट गोपाल संग्रौलाले धन्यवाद मन्तब्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.