Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विपन्न सदस्यकालागि जीवनको सहारा बन्दै सहारा नेपाल (साकोस)
    आर्थिक

    विपन्न सदस्यकालागि जीवनको सहारा बन्दै सहारा नेपाल (साकोस)

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक १५, सोमबार १९:०५ गते3 Mins Read

    कनकाई खबर \ झापाको विर्तामोड २ स्थित चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल साकोसले सरकारलाई समेत सिकाई होस् भन्ने उद्येश्यले संस्थाका दुईसय अति विपन्न सदस्यहरुलाई रासन कार्डको माध्यमबाट खाद्यान्नमा ५० प्रतिशत अनुदान राहत उपलव्ध गराउँने भएको छ ।

    आजभन्दा २५ वर्षअघि ३४ हजार शेयर पँुजी जम्मा गरी ३३ जनाले स्थापना गरेको सहारा नेपाल साकोसले सदस्यहरुलाई प्रदान गर्दै आएको सेवाबाट समाजको समृद्धिको यात्रामा अघि बढ्दै विपन्न वर्गकालागि भविष्यको सहारा बनेको छ । सहकारीको माध्यमबाट समाज रुपान्तरण साथै वित्तिय कारोवारका आधारमा हाल नेपालकै उत्कृष्ट साथै ठुलो सहकारीको रुपमा स्थापित भएको सहाराले आफ्नो वित्तिय अवस्थालाई अझ मजबुत बनाउने योजनाका साथ आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको लक्ष्य बनाएको बताइएको छ ।

    संस्थाको २५ औँ वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन मार्फत संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले हाल संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ रुपैयाँ रहेको बताए । यो अवस्था सम्म आइरहँदा संस्थाले आफ्ना कुनै पनि ऋणीको जग्गा धितो लिलाम गर्नु नपरेको जानकारी गराउँदै कार्यकारी प्रमुख गिरीले संस्थाका तर्फबाट आगामी रणनितीक योजना सहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् ।

    प्रमुख कार्यकारी गिरीले प्रस्तुत गरेको रणनीतिक योजनाअनुसार कार्य क्षेत्र विस्तार गरी प्रदेश १ भरि १३७ वटा स्थानीय तहमा पुग्ने लक्ष्य राखिएको बताइएको छ । हाल सहारा नेपालले छवटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका दुईदुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र बनाएर काम गरिरहेको छ । संस्थाले एकीकरण प्रयासअन्तर्गत सहाराको कार्य क्षेत्रभित्रका एक सयवटा राम्रा सहकारी संस्थाहरुसँग मर्ज गर्ने रणनीतिक योजना अघि सारेको छ । त्यस्तै, बचतमा बैंकको भन्दा उच्च ब्याजदर प्रदान गर्ने र ऋणमा बैंकसरह ब्याज दिने, सदस्यलाई मोबाइल बैंकिङ, क्युआर कोड, इटेलर, एटिएम सेवासहितको प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

    गत असार मसान्तसम्म एक लाख ५० हजार ३५४ शेयर सदस्य रहेको सहाराले गत आर्थिक वर्षमा ४५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले यो आर्थिक वर्षमा दुई लाख सदस्य र १६ अर्बको वासलात बनाई ६० करोड रुपैयाँ नाफा कमाउने लक्ष्य राखेको प्रतिवेदनमा जनाइएको छ । सहकारी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गर्न सफल सहाराले सहुलियत ब्याजमा वैदेशिक ऋण ल्याउन प्रयत्न गरिरहेको गिरीले बताए । सो ऋण रोजगारी सिर्जना र गरिबी न्यूनीकरणका लागि प्रदान गरिने संस्थाले योजना बनाएको छ ।

    एक अर्ब ४६ करोड ६५ लाख रुपैयाँ शेयर पुँजी रहेको सहाराले ‘म पनि उद्यमी’ कार्यक्रम अघि सार्दै आगामी चार वर्षभित्र १० हजार उद्यमी तयार गर्ने लक्ष्य लिएको छ । यो कार्यक्रमले सम्भाव्यता अध्ययन, तालिम, सीप, ऋण, बजार र प्राविधिक ज्ञानमा सहयोग गर्नेछ । ९४ करोड एक लाख रुपैयाँ जगेडा कोष रहेको संस्थाले अल्पसंख्यक र अति विपन्न सदस्यका सन्तानलाई चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययनका लागि १० जनालाई सहयोग गर्ने लक्ष्यसहितको कार्यक्रम अघि सारेको छ । सोअन्तर्गत यो वर्ष दुईजनाबाट सुरु गरिने भएको छ । यो वर्षदेखि ‘मेरो गौरव, मेरो सहारा’ र ‘सधैँका लागि, सबैका लागि’ नयाँ नारा तय गरेको संस्थाले अघिल्ला वर्षहरुमा सञ्चालित स्वास्थ्य, सामाजिक, कृषिलगायतका कार्यक्रमहरुलाई अझ परिस्कृत गर्दै निरन्तरता दिने योजना बनाएको छ ।

    सामुदायिक विकास कार्यक्रमअन्तर्गत उदयपुर र पाँचथरका विकट गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष चारवटा वितरण गरिने गिरीद्वारा प्रस्तुत हुने प्रतिवेदनमा छ । संस्थाले सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभूत डाइग्नोसिस सेवा प्रदान गर्न भवन निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै, स्वास्थ्य र सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ । संस्थाले सदस्यहरुको उत्पादनलाई बजारीकरणमा सहज बनाउन सम्भाव्यता अध्ययन गरी कृषकका १० वटा उत्पादनलाई प्रशोधन, बजारीकरण र उत्पादन प्रविधिमा सहयोग गर्ने लक्ष्य लिएको छ ।

    कात्तिक २७ गते बिर्तामोडमा हुने संस्थाको २५ औँ साधारणसभाको समुद्घाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्ने गरी कार्यक्रम तय भएको बताइएको छ । सहारा नेपाल साकोसका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा अधिकृत कर्मचारी मातृका कोइरालाले सञ्चालन गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.