Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राष्ट्रिय जनगणनाकालागि कनकाई र झापा गाउँपालिकाको संयुक्त तालिम सम्पन्न
    समाचार

    राष्ट्रिय जनगणनाकालागि कनकाई र झापा गाउँपालिकाको संयुक्त तालिम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक १४, आईतवार ०६:३७ गते2 Mins Read

    कनकाई खबर \ ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना २०७८ को दोस्रो चरणको मुख्य जनगणनाको लागि कनकाई नगरपालिका र झापा गाउँपालिकामा छनोट भएका गणकहरुको चार दिने तालिम समापन भएको छ ।

    कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको सभाहलमा चारदिन सम्म संचालन भएको तालिम शनिवार समापन भएको हो । जिल्ला जनगणना कार्यालय दमक र कनकाइ नगरपालिका एवं झापा गाउँपालिकाको स्थानीय जनगणना कार्यालयको संयुक्त आयोजनामा सम्पन्न तालिममा १ सय ३ जना गणकहरुको सहभागिता रहेको बताइएको छ । तालिममा कृष्ण रिमाल, मेदनी पाठक, नरहरी न्यौपाने र चन्द्रविनोद कोइरालाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । कात्तिक २५ देखी मंसीर ९ गतेसम्म घरघरमा गएर गणकहरुले तथ्यांक संकलन गर्ने कार्यमा सबै सचेत नागरिकले आआफ्नो स्थानबाट सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

    कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् स्थानीय जनगणना समन्वय समिति कनकाईका संयोजक मोहनप्रसाद न्यौपानेको अध्यक्षता एवम् झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा सम्पन्न तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शाहले तालिममा सिकेका कुराको कार्यान्वयन पक्ष उपलव्धीमूलक हुनुपर्नेमा जोड दिएका छन् । गणकहरुले ग्रामिण क्षेत्रका सर्वसाधारण अशिक्षित घर परिवार र समुदायको समेत तथ्याङक संकलन गर्न छुटाउँन नहुने भन्दै गणकहरुलाई विशेष सचेत गराइएको थियो ।

    झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् स्थानीय जनगणना सहजीकरण समिति झापा गाउँपालिकाका संयोजक खेमराज थापाको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा वुधवार उद्घाटन भएको तालिम कार्यक्रमको शनिवार समापन भएको हो ।

    स्थानीय जनगणना अधिकृत प्रेम न्यौपानेले संचालन गरेको समापन कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शुसिलकुमार श्रेष्ठ, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस प्रमुख विकास उप्रेती लगायतले शुभकामना मन्तव्य राख्दै तालिमबाट प्राप्त ज्ञान र जानकारीको भरपुर प्रयोग गरी राष्ट्रिय महाअभियानलाई सार्थक पार्न सबैमा अनुरोध गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.